मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीको विकासबिना देशको विकास सम्भव छैन : उपमहासचिव शर्मा

सोमबार, ०७ फागुन २०८०, १९ : ३६
सोमबार, ०७ फागुन २०८०

सुर्खेत । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री जनार्दन शर्माले कर्णालीको विकासबिना समग्र देशको विकास सम्भव नरहेको बताएका छन् । सोमबार वीरेन्द्रनगरमा आयोजित कर्णाली उत्सवमा ‘कर्णालीको विकास मोडेल’ शीर्षकमा आफ्नो भनाइ राख्दै शर्माले कर्णालीको विकास गरेमात्रै देशको विकास सम्भव रहेको बताएका हुन् । 

‘कर्णाली एक सभ्यता हो, नेपाली भाषाको जननी हो, ऐतिहासिक विरासत बोकेको छ, इतिहासका काठमाडौँमा आक्रमण गर्न सक्ने क्षमता भएको थियो, हिजोको कर्णाली,’ उनले भने, ‘आधुनिक नेपालको प्रारम्भसँगै कर्णालीको विराट सभ्यता र भूगोल एउटा नदीको किनार वरिपरि सीमित गरियो । एउटा अञ्चलको रुपमा सीमित भयो । त्यसयता गरिबी, अभाव, दुर्गमता र विकटताबाट यो परिचित भयो । गएको दुई अडाई सय वर्ष केन्द्रीय शासनद्वारा प्रताडित भएर बाँचिरह्यो ।’ 

कर्णालीको न्यायका लागि कामी बुढाले रुकुमबाट २००८ साला विद्रोह सुरु गरेको र दैलेख हुँदै हुम्ला गौडा कब्जा गरेको कुरा शर्माले स्मरण गरे । त्यसपछि कामी बुढालाई गिरफ्तार गरी जुम्लामा राखियो र ११ सालमा हत्या गरिएको थियो । कर्णालीका महान् सहिदहरुले यसको स्वाभिमानलाई अझमाथि उठाएको उनले बताए । 

‘अब कर्णालीको परिभाषा फेर्नुपर्छ, विकासको मोडालिटीको कुरा गर्दा, कर्णाली किन पछि पर्‍यो भन्ने कुराबाट सुरु गर्नुपर्छ,’ उनले भने, ‘हाम्रो साधन, स्रोतहरुको कुरा गर्नपर्छ । प्राकृतिक साधन स्रोत भएको कर्णाली, रसिलो र पोसिलो स्याउको दाना टिप्ने हाम्रा चाउरीका अनुहारहरु, जीवनबुटी जस्ता यार्सागुम्बाहरु तर कमजोर आयु भएका हामी कर्णालीवासीहरू, यो अन्तर्विरोध छ । यसलाई समाधान गरिनुपर्छ ।’

शर्माले देशको विकास गर्न कर्णालीको विकास गर्नुपर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप