एम्बुलेन्स चोरेर फरार भए अस्पतालमा उपचाररत एक बिरामी
अमेरिका । अस्पतालमा उपचारका लागि भर्ना भएका एक बिरामीले एम्बुलेन्स चोरी गरी फरार भएको घटना प्रकाशमा आएको छ ।
उक्त घटना अमेरिकाको भर्जिनियास्थित एक अस्पतालमा सोमबार भएको हो । इनोभा फेयरफ्याक्स अस्पतालमा उपचाररत बिरामीले सोही अस्पतालमा रहेको एउटा एम्बुलेन्स चोरेर भागेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
स्थानीय प्रहरीले एम्बुलेन्स चोरी गरेर भागेका बिरामीको तस्बिर सार्वजनिक गरेको छ, जुन तस्बिर उनी भाग्दै गरेको अवस्थामा लिइएको हो । एम्बुलेन्स चोरेर फरार भएका बिरामीको पहिचान ३२ वर्षीय रिकी लोवेका रुपमा गरिएको छ ।
प्रहरीका अनुसार उनी दुर्घटनामा परेर उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । आफैँले चलाएको गाडी दुर्घटनामा परेपछि उनी उपचाररत थिए । प्रहरीका अनुसार उनको गाडीबाट दुई वटा बन्दुक र केही लागु औषध बरामद भएको थियो ।
आफू कारबाहीमा पर्ने भएपछि उनी अस्पतालबाट भागेको हुन सक्ने आकलन गरिएको छ । प्रहरीका अनुसार उनले चोरेको एम्बुलेन्स भने फेला परेको छ । उनको खोजतलास जारी रहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण