पेनाल्टी सुटआउटमा बाजी मार्दै रोमा युरोपा लिगको अन्तिम १६ मा
काठमाडौँ । प्रतिस्पर्धात्मक खेलमा डच क्लब फेयनुर्डलाई हराउँदै इटालियन क्लब रोमा युरोपा लिग फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेको छ । रोमाले बिहीबार राति सम्पन्न खेलमा फेयनुर्डलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हरायो ।
प्रतियोगिताको पहिलो र दोस्रो लेग खेल बराबरीमा सकिएपछि हार–जितको निर्णय पेनाल्टी सुटआउटबाट निकालिएको हो । यी दुई टोलीबिचको पहिलो लेग खेल १–१ र दोस्रो लेग खेल पनि १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि कूल गोल भिन्नतामा पनि २–२ भएको थियो ।
बिहीबार राति सम्पन्न दोस्रो लेग खेलमा सुरुआती अग्रता भ्रमणकारी टोली फेयनुर्डले लिएको थियो । खेल सुरु भएको पाँचौँ मिनेटमै फेयनुर्डका लागि सान्टियागो जिमेन्जले गोल गरेका थिए । तर, फेयनुर्डको त्यो अग्रता लामो समय टिक्न सकेन ।
निर्धारित समयको १५औँ मिनेटमा घरेलु टोली रोमाका लागि लोरेन्जो पेलेग्रिनीले जवाफी गोल फर्काएका थिए । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गयो र त्यसमा सफलता हात पार्दै रोमा अन्तिम १६ मा पुग्न सफल भयो ।
अन्तिम १६ को खेल तालिका भने शुक्रबार सार्वजनिक गरिने छ । रोमासँगै इटालियन क्लब एसी मिलान, जर्मन क्लब एससी फ्रेइबर्ग, पोर्चुगिज क्लब स्पोर्टिङ सीपी, अजरबैजानको क्वाराबाग, पोर्चुगिज क्लब बेनफिका, पाराग्वेको स्पार्टा पाराग्वे र फ्रान्सेली क्लब मार्से पनि अन्तिम १६ मा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण