महासचिव पाण्डेयको नागरिकता र पासपोर्टबारे सांसदले उठाए प्रश्न
काठमाडौँ । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता र राहदानीबारे प्रतिनिधि सभा बैठकमा सांसदहरूले प्रश्न उठाएका छन् ।
शुक्रवारको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा र नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले महासचिव पाण्डेयको नागरिकता र राहदानीबारे प्रश्न उठाएका हुन् ।
सापकोटा र बजगाईँ सत्तारुढ सांसद हुन् । बैठकमा सांसद सापकोटाले संघीय संसद्का महासचिव पाण्डेयका तीन वटा नागरिकता र दुई वटा पासपोर्ट रहेको विषय संसद्मा औपचारिक रूपमा उठ्नुपर्ने भन्दै प्रतिपक्ष दलका सांसदहरूले त्यसमा किन ध्यान नदिएको भन्दै व्यङ्ग्य गरे ।
‘संसद्का महासचिवका तीन वटा नागरिकता र दुई वटा पासपोर्ट पनि तपाईंहरूले उठाएका कुरामा थप्नुहोस् !’, सापकोटाले विपक्षी दलका सांसदहरुलाई लक्षित गर्दै प्रश्न गरे, ‘संसद्का महासचिवको तीन वटा नागरिकता छ, दुई वटा पासपोर्ट छ तपाईंहरूले त्यो थप्नुहुन्न ?,’
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पनि सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकताबारे प्रशंग कोट्याए । उनले महासचिव पाण्डेयको नागरिकता छानबिनको माग गर्दै भने, ‘पाण्डेयको नागरिकता विवादले भ्रम सृजना गरेको छ । यसको पनि उचित छानबिन हुनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण