चालु आर्थिक वर्षको ७ महिना : खनिज इन्धनबाटै उठ्यो ६५ अर्ब राजश्व
काठमाडौँ । खनिज इन्धनको खपतमा सामान्य वृद्धि आउन थालेसँगै भन्सार राजश्व बढ्न थालेको छ । भन्सार विभागको ७ महिनाको तथ्यांकअनुसार पेट्रोलियम पदार्थको आयात बढेको छ । आन्तरिक खपत बढेसँगै पेट्रोलियम पदार्थको आयातमा समेत वृद्धि देखिन थालेको हो । यससँगै, विभागले सङ्कलन गर्ने भन्सार राजश्वमा समेत उल्लेख्य वृद्धि देखिएको हो ।
चालु आर्थिक वर्ष २०८०-८१ को ७ महिनाको अवधिमा २ खर्ब ३६ अर्ब ३८ करोड २५ लाख रुपैयाँ भन्सार राजश्व उठेको छ । साउनदेखि माघ महिनासम्मको अवधिमा विभागले उक्त मूल्य बराबरको भन्सार राजश्व सङ्कलन गरेको हो । यस अवधिमा नेपालले विदेशबाट ८ खर्ब ९७ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ अर्ब २६करोड रुपैयाँ बढी राजश्व सङ्कलन हो । गत आर्थिक वर्ष २०७९-८० को ७ महिनाको अवधिमा भन्सार विभागले २ खर्ब १२ अर्ब १२ करोड रुपैयाँ राजश्व उठाएको थियो । यसबाट, भन्सार राजश्व विस्तारै लयमा फर्किन थालेको प्रस्टै देखिन्छ ।
गत आर्थिक वर्षको ७ महिनाको अवधिमा विभागले पेट्रोलियम पदार्थको आयातबाट ५० अर्ब ६६ करोड रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको थियो । यो वर्षको ७ महिनाको अवधिमा गत वर्षको तुलनामा पेट्रोलियम पदार्थको आयातबाट धेरै राजश्व सङ्कलन भएको विभागले जनाएको छ । यस अवधिमा पेट्रोल २२ अर्ब ३८ करोड ७६ लाख राजश्व सङ्कलन भएको छ ।
यस अवधिमा विदेशबाट ३८ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको पेट्रोल भित्रिएको छ । यसपछि, डिजेलको आयातबाट २९ अर्ब ६९ करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ । यस अवधिमा ७७ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको डिजेल भित्रिएको छ । यस्तै, १२ अर्ब रुपैयाँको हवाई भित्रिँदा १ अर्ब ६८ करोड राजश्व सङ्कलन भएको छ । यस अवधिमा खाना पकाउने एलपी ग्यासबाट मात्रै ५ अर्ब ६५ करोड रुपैयाँ कर उठेको छ ।
७ महिनाको अवधिमा खानीजन्य पेट्रोलियम पदार्थ, कोइला र सबैप्रकारका खनिज इन्धनको आयातमा १ खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ बाहिरिएको छ । यो मूल्यको इन्धन आयात हुँदा राज्य कोषमा ६५ अर्ब ७३ करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
सबैभन्दा धेरै कर केबाट उठ्यो ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण