शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तक

आइतबार, १३ फागुन २०८०, १० : ०९
आइतबार, १३ फागुन २०८०

समयले यहाँ सम्म घुमाउला सोचिएन ।
मलाई पनि अचानो बनाउला सोचिएन ।।

सोचे, ऋण तिर्छ, घरजम गर्छ, सुखसँग पाल्छ  ।।
बाकस भित्र छोरो आउला सोचिएन ।।१।।

तिमीलाई पाए सेवा सुविधा खुसी लाग्छ ।।
मलाई कसैलाई केही दिँदा खुसी लाग्छ ।

धेरै महत्त्वाकाङ्क्षी बनेर किन दुःखी हुन्छाैँ ।
मलाई त बाँचेको सम्झिदा खुसी लाग्छ ।।२।।

प्रगति एकैछिनमा हुँदैन ।
समय आफ्नो अधीनमा हुँदैन ।।

अँगालो हालेर रुन जति मजा ।
 रुँदै रुँदै सम्झिनमा हुँदैन ।। ३।।

यहाँ कसलाई छैन र चर्ने मन ।
 जोतिदा जोतिँदै सकिन्छ जीवन ।।

कि भइदियोस् चाहेको जस्तै सबै थोक ।
कि नछुट्टियोस् उहीँ रमाइलो बालापन ।।४।।

यहाँ फूलले पनि त  बिझाइरहेछ महोदय !
किन काँडाले मात्र दोष पाइरहेछ  ।।
  
तिम्रा यादहरूको हत्यारा बन्ने मन छ ।
 तर यत्ति भन्दा पनि तिम्रै याद आइरहेछ ।। ५ ।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बालकृष्ण ‘अज्ञात’
बालकृष्ण ‘अज्ञात’
लेखकबाट थप