अध्यक्ष ओलीले किने ४ हजार रुपैयाँमा शान्ताको अचार
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृ एवं पूर्व सांसद शान्ता चौधरीसँग ४ हजार रुपैयाँ बराबरको टिमुर र लसुनको अचार खरिद गरेका छन् । आइतबार ओली निवास बालकोटमा चौधरी अचार लिएर पुगेकी थिइन् ।
ओलीले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत शान्ता चौधरीसँग अचार खरिद गरेको फोटो सहितको जानकारी सार्वजनिक गरेका छन् ।
उनले लेखेका छन्–‘शान्ता चौधरीले शान्ताको अचार उद्योग खोल्नु भएको रहेछ । उद्योगबाट २२ किसिमका अचार उत्पादन भइरहेका रहेछन् । मलाई मन पर्ने टिमुर र लसुनको अचार मैले किनेँ । शान्ता चौधरी पूर्व सांसद पनि हुनुहुन्छ र राजनीतिमा सक्रिय हुनुहुन्छ । आत्मनिर्भर बन्ने प्रयासको लागि उहाँलाई शुभकामना । शान्ताजीलाई बधाई ।’
पूर्व सांसद चौधरीले आफूले उद्योग सञ्चालन गरी अचार उत्पादन गरेकोमा अध्यक्ष ओलीले खुसी व्यक्त गरेको बताइन् । ओलीले ४ सय ग्रामका प्याकिङ भएका टिमुर र लसुनको ४ हजार रुपैयाँ बराबरको अचार खरिद गरेको रातोपाटीलाई बताइन् । राजनीतिमा लाग्ने व्यक्ति आफ्नो व्यवसायमा आत्मनिर्भर हुनुपर्छ, उद्यम व्यवसायतर्फ जोडिनुपर्छ भन्ने पार्टी अध्यक्षको प्रेरणाबाट नै आफूले अचार उद्योग सुरु गरेको उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण