सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा रोकी राखेको मोटरसाइकलमा आगलागी

आइतबार, १३ फागुन २०८०, १३ : ५१
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । भक्तपुरमा रोकी राखेको मोटरसाइकलमा आगलागी भएको छ । मध्यपुर ठिमी नगरपालिका-६ भीमसेन चोकस्थित सडक छेउमा पार्किङ गरी राखेको बा.८३ प २५२८ नम्बरको मोटरसाइकलमा गएराति आगलागी हुँदा मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको हो । 

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

उता पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ नर्कटेस्थित सडकमा पार्किङ गरी राखेको को.२ प २१८४ नम्बरको मोटरसाइकलमा शनिबार दिउँसो आगलागी हुँदा मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको छ । 

यसैगरी उदयपुरको त्रियुगा नगरपालिका-१० बासँबारी बस्ने राज कुमार उदासको घर नजिकै रहेको परालको टालमा शनिबार दिउँसो आगलागी हुँदा पराल र नजिकै रहेको कुखुरा फर्म आंशिक रूपमा जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप