भक्तपुरमा रोकी राखेको मोटरसाइकलमा आगलागी
काठमाडौँ । भक्तपुरमा रोकी राखेको मोटरसाइकलमा आगलागी भएको छ । मध्यपुर ठिमी नगरपालिका-६ भीमसेन चोकस्थित सडक छेउमा पार्किङ गरी राखेको बा.८३ प २५२८ नम्बरको मोटरसाइकलमा गएराति आगलागी हुँदा मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको हो ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
उता पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ नर्कटेस्थित सडकमा पार्किङ गरी राखेको को.२ प २१८४ नम्बरको मोटरसाइकलमा शनिबार दिउँसो आगलागी हुँदा मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको छ ।
यसैगरी उदयपुरको त्रियुगा नगरपालिका-१० बासँबारी बस्ने राज कुमार उदासको घर नजिकै रहेको परालको टालमा शनिबार दिउँसो आगलागी हुँदा पराल र नजिकै रहेको कुखुरा फर्म आंशिक रूपमा जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
-
अमेरिका र इरानबिच युद्धविरामको सहमति : शुक्रबार औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण