नेपालसहित ७ देशका ६२ सैनिक दीक्षित, को-को बने सर्वोत्कृष्ट ?
काठमाडौँ । सैनिक कमान्ड तथा स्टाफ कलेजमा २०८० वैशाख ४ गते सुरु भएको सि.सं.३० कमान्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ । नेपाली सेनाका ५३ जना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभागका १/१ जना तथा नाइजेरिया, केन्या, मालदिभ्स, भारत, पाकिस्तान र दक्षिण कोरियाका १/१ जनासहित जम्मा ६२ जना शिक्षार्थी अधिकृतहरूले उक्त तालिम सम्पन्न गरी आज दीक्षित भएका हुन् ।

प्रमुख अतिथिको रूपमा समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले करिब एक वर्ष अवधिको तालिम सफलतापूर्वक सम्पन्न गरेका शिक्षार्थी अधिकृतहरूले सैनिक गतिविधि राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण हिस्सा भएको तथ्यलाई मनन गर्दै समसामयिक घटनाक्रम तथा प्रविधिहरू बारे जानकार रहँदै आफ्नो राष्ट्र तथा संस्थाको हित अनुकूल अनिश्चित समयमा समेत प्रभावकारी योजनाहरूको तर्जुमा र कार्यान्वयन गर्न सक्नुपर्ने बताए ।

वि.सं. २०४९ पौष १४ गते स्थापना भएको सो कलेजले वि.सं. २०५० भाद्र २० गते १२ जना शिक्षार्थी अधिकृतहरू समावेश गरी पहिलो पटक कमान्ड तथा स्टाफ तालिम थालनी गरेको थियो । सन् २०१० बाट विदेशी शिक्षार्थीहरू सहभागी हुन सुरु भएको यस तालिमबाट हालसम्म नेपाली सेनाका ११७३, नेपाल प्रहरीका १५, सशस्त्र प्रहरी बल, नेपालका २७, राष्ट्रिय अनुसन्धान विभागका १८, रक्षा मन्त्रालयका १ र विभिन्न राष्ट्रहरूका ११४ गरी जम्मा १३४८ जना शिक्षार्थी अधिकृतहरू प्रशिक्षित भएका छन् ।

तालिमको मास्टर्स इन् स्ट्राटेजिक स्टडिज प्रोगाम विषयको शोधपत्रतर्फ सेनानी उज्ज्वल खड्का र केन्याका मेजर ओस्कर एमविटा ओमाहे संयुक्त रूपमा सर्वोत्कृष्ट भएका छन् । सह सेनानी राकेश बस्नेत शैक्षिक अध्ययनका साथै समग्र तालिममा सर्वोत्कृष्ट विद्यार्थी अफिसर बने । विदेशी शिक्षार्थीहरू तर्फ भारतीय सेनाका मेजर रमेश साङ्वानले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय विद्यार्थीको अवार्ड प्राप्त गरेका छन् ।

उक्त कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा उपस्थित थिए । यस्तै, बलाधिकृत रथी अशोकराज सिग्देल, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, जनप्रतिनिधि, पूर्वशिक्षाधिकृतहरु, नेपालस्थित विभिन्न देशका सैनिक सहचारीहरू, कलेजको शैक्षिक गतिविधिसँग सम्बन्धित विभिन्न संस्थामा आबद्ध महानुभावहरू, रथी तथा अधिकृत र शिक्षार्थी अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
-
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
-
रित्तिँदै राहदानीको मौज्दात, सरकारभित्रै छैन एकमत
-
अफगानिस्तानमा रहेका बारुती सुरुङ हटाउने घोषणा
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
-
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण