बागमती प्रदेशसभा : सर्वदलीय बैठक सुरु
काठमाडौँ । आज दिउँसो ३ बजेबाट सुरु हुने हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक अहिले बिहानबाट सभामुख भूवन पाठकको निजी निवासमा सुरु भएको छ ।
सर्वदलीय बैठकमा प्रदेश सरकार र विपक्षी दलबिच भएको सहमति र प्रदेशसभा बैठकको व्यवस्थापनको विषयमा छलफल हुने बताइएको छ । यसअघि गत आइतबार बसेको सर्वदलीय बैठकमा संसदीय समितिको सभापति चयनको विषयमा कार्यदल गठन गरेर जाने सहमति भए पनि अन्य विषयमा सहमति हुन सकको थिएन ।
संसदीय समितिको नेतृत्व चयनका लागी कांग्रेसका संसदीय दलका सचेतक गोविन्द लम्सालको संयोजकत्वमा कार्यदल समेत बनाइएको छ । कार्यदलले १० दिनभित्र प्रतिवेदन बुझाउने छ ।
करिब साढे चार महिनापछि बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । सरकार र विपक्षी दलहरूबिच सहमति जुट्न नसकेको अवस्थामा आजको बैठकले सुचारु र नियमितता पाउने विषयमा शङ्का रहको छ ।
गत असोज २२ गतेदेखि प्रदेशसभा बैठक बस्न सकेको छैन । २२ माघमा संसद्को वर्षे अधिवेशन अन्त्य गरिएको ४ महिना पुरा हुँदा पनि सरकारले हिउँदे अधिवेशन आह्वान गर्ने सकेको थिएन । प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज ३ बजेका लागि प्रदेशसभा बैठकको हिउँदे अधिवेशन आह्वान गरेका छन् ।
प्रदेश प्रमुख शर्माले बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् सिफारिसमा नेपालको संविधान धारा १८३ उपधारा १ बमोजिम प्रदेशसभाको तेह्रौँ अधिवेशन बैठक आह्वान गरेका हुन् । गत माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय सहित प्रदेश प्रमुख शर्मा समक्ष सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई १ लाख २० हजार पुरस्कार
-
सभामुख अर्यालद्वारा शुक्लाफाँटा निकुञ्जको अवलोकन
-
कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित
-
विश्व वातावरण दिवसमा बिरुवा रोपिए
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण