शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आगलागीका कारण रोल्पामा एक वृद्धाको मृत्यु

बुधबार, १६ फागुन २०८०, ०८ : १४
बुधबार, १६ फागुन २०८०

रोल्पा । रोल्पाको माडी गाउँपालिका–५ भावाङमा घरमा आगलागी हुँदा जलेर एक वृद्धाको मृत्यु भएको छ । आगलागीमा परेर ७५ बर्सिया हरिकला घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

भावाङ कचरिकोटस्थित वृद्धाको घरमा मंगलबार अपराह्न ४ः४५ बजे अचानक आगलागी भएको थियो । घरमा पशु चौपाया नभएको र आगलागी भएपछि स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । 

तर वृद्धाको शरीर जलेका कारण उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रामनारायण गुप्ताले जानकारी दिए ।

प्रहरीका अनुसार घरमा हरिकलासँगै उनका माइला छोरा मात्रै बस्दै आएका थिए । तर आगलागीका बेला छोरा घरमा थिएनन् । आगलागीको कारण भने खुलेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप