दक्षिण सुडानमा सेनाले सोलार इनर्जी प्लान्ट बनाउने
काठमाडौँ । दक्षिण सुडानको रुम्बेकमा नेपाली सेनाले ‘सोलार इनर्जी’ प्लान्ट बनाउने भएको छ । डिजेल र बिजुलीको खपत घटाउन मिसन क्षेत्रमा सोलार इनर्जी प्लान्ट बनाउन लागिएको प्रमुख सेनानी सुवेश कायस्थले जानकारी दिए ।
पाँचखाल स्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा सेनाले १८५ किलोवाट इनर्जी उत्पादन क्षमताको सोलार प्यानल जडान गरिरहेको छ । अमेरिकाको सहयोगमा बनिरहेको पाँचखालको सोलार इनर्जीले तालिम केन्द्रमा आवश्यक ऊर्जा धान्ने प्रमुख सेनानी कायस्थले बताए ।
पाँचखालको सौर्य ऊर्जा उत्पादन गर्ने काम अन्तिम चरणमा छन् । पाँचखालमा सोलार प्यानल जडान गर्ने सैनिकहरूले साउथ सुडान स्थित रुम्बेकमा सोलार इनर्जी बनाउने छन् । ‘यहाँ काम गरेका सकलदर्जा नै रुम्बेकमा गएर बनाउँछन्’ प्रमुख सेनानी कायस्थ भन्छन्–‘मिसनमा छनोट भएको टोलीले नै यहाँ काम गरेको हो ।’
पाँचखालमा उत्पादन हुने सौर्य ऊर्जा तालिम केन्द्रलाई बढी भएको अवस्थामा विद्युत् प्राधिकरणका ग्रिडमा जोड्ने तयारी छ । नेटिङ सिस्टममा जोड्ने गरी प्राधिकरणसँग कुरा गरिने कायस्थले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
-
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
-
रित्तिँदै राहदानीको मौज्दात, सरकारभित्रै छैन एकमत
-
अफगानिस्तानमा रहेका बारुती सुरुङ हटाउने घोषणा
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
-
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण