सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

‘कोशी प्रदेश’ नामकरणको एक वर्ष : काठमाडौँमा कालो दिन मनाइयो (तस्बिरहरु)

बिहीबार, १७ फागुन २०८०, १४ : ००
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । कोशी प्रदेश नामकरणको एक वर्ष पुगेको छ । तर, पहिचानवादीहरूले कोशी नामकरणको निरन्तर विरोध गर्दै पुनः नामाङ्कनको माग गर्दै आइरहेका छन् । 

गत वर्षको फागुन १६ गते कोशी प्रदेशसभाको बैठकले विवादका बीच प्रदेश १ को नाम कोशी प्रदेश राख्ने निर्णय गरेको थियो । एक वर्ष पुगेकै अवसरमा बिहीबार प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले राजधानीमा कालो दिन मनाएको छ ।

 काठमाडौँको उपत्यकामा बसोबास गर्ने पहिचान पक्षधर कोशी प्रदेशबासीहरुले तिनकुनेमा कोशी नाम खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले फागुन १६ लाई कालो दिनको रुपमा लिँदै प्रदर्शन गरेका हुन् । 

सो क्रममा उनीहरुले कोशी नामकरण खारेजीको माग लेखिएका विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए । 

kalo din pahichanbadi (13)kalo din pahichanbadi (14)kalo din pahichanbadi (15)kalo din pahichanbadi (16)

kalo din pahichanbadi (1)kalo din pahichanbadi (2)kalo din pahichanbadi (3)kalo din pahichanbadi (4)kalo din pahichanbadi (5)kalo din pahichanbadi (6)kalo din pahichanbadi (7)kalo din pahichanbadi (8)kalo din pahichanbadi (9)kalo din pahichanbadi (10)kalo din pahichanbadi (11)kalo din pahichanbadi (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप