बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

इलिनोइसको प्राथमिक निर्वाचनमा ट्रम्प अयोग्य घोषित

बिहीबार, १७ फागुन २०८०, १८ : १५
बिहीबार, १७ फागुन २०८०

वाशिङटन डीसी । अमेरिकाको एउटा अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठूलो झट्का दिएको छ । क्यापिटल हिल हिंसा प्रकरणमा बुधबार सर्वोच्च अदालतबाट राहत पाएका ट्रम्पले इलिनोइस राज्यको स्थानीय अदालतबाट झट्का पाएका छन् । हिंसा मामिलामा ट्रम्पको तर्क सुन्न सर्वोच्च अदालतले राजी भएको छ ।

यस्तैमा इलिनोइसको कूक काउन्टी सर्किटका न्यायाधीश ट्रेसी पोर्टरले राष्ट्रपति चुनावको प्रारम्भिक मतदानमा ट्रम्पलाई अयोग्य घोषित गरेका छन् । यसअघि मेन र कोलोराडो राज्यले पनि ट्रम्पलाई राज्यको प्राथमिक मतदानान अयोग्य घोषित गरिसकेका छन् । इलिनोइसमा मार्च १९ मा प्राइमरी चुनाव हुँदैछ ।

सन् २०२१ को जनवरीमा क्यापिटल हिलमा भएको हिंसामा उनको भूमिकाको कारण ट्रम्पलाई इलिनोइसको प्राथमिक चुनावबाट निष्कासित गरिएको हो । न्यायाधीशले ट्रम्पलाई यस मामिलामा पुनरावेदनका लागि शुक्रबारसम्मको समय दिएका थिए । ट्रम्पको उम्मेदवारीलाई ३६ ओटा राज्यमा चुनौती दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप