इलिनोइसको प्राथमिक निर्वाचनमा ट्रम्प अयोग्य घोषित
वाशिङटन डीसी । अमेरिकाको एउटा अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठूलो झट्का दिएको छ । क्यापिटल हिल हिंसा प्रकरणमा बुधबार सर्वोच्च अदालतबाट राहत पाएका ट्रम्पले इलिनोइस राज्यको स्थानीय अदालतबाट झट्का पाएका छन् । हिंसा मामिलामा ट्रम्पको तर्क सुन्न सर्वोच्च अदालतले राजी भएको छ ।
यस्तैमा इलिनोइसको कूक काउन्टी सर्किटका न्यायाधीश ट्रेसी पोर्टरले राष्ट्रपति चुनावको प्रारम्भिक मतदानमा ट्रम्पलाई अयोग्य घोषित गरेका छन् । यसअघि मेन र कोलोराडो राज्यले पनि ट्रम्पलाई राज्यको प्राथमिक मतदानान अयोग्य घोषित गरिसकेका छन् । इलिनोइसमा मार्च १९ मा प्राइमरी चुनाव हुँदैछ ।
सन् २०२१ को जनवरीमा क्यापिटल हिलमा भएको हिंसामा उनको भूमिकाको कारण ट्रम्पलाई इलिनोइसको प्राथमिक चुनावबाट निष्कासित गरिएको हो । न्यायाधीशले ट्रम्पलाई यस मामिलामा पुनरावेदनका लागि शुक्रबारसम्मको समय दिएका थिए । ट्रम्पको उम्मेदवारीलाई ३६ ओटा राज्यमा चुनौती दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण