राजनीति
राष्ट्रियसभाको अध्यक्षमा गठबन्धनले सर्वसम्मत उम्मेदवारी दिन्छ : उपप्रधानमन्त्री खड्का
शुक्रबार, १८ फागुन २०८०, १७ : १५
_7gJAmeAdzc.jpg)
काठमाडौँ । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रियसभा अध्यक्ष पदमा गठबन्धनबाट एउटा मात्र उम्मेदवार हुने बताएका छन् । नेपाली कांग्रेसका उपसभापति समेत रहेका उनले गठबन्धनमा सल्लाह गरेर एकमात्र उम्मेदवार बनाइने बताए ।
प्रतिनिधिसभाको बैठकपछि शुक्रबार संचारकमीहरुसँग कुरा गर्दै उनले गठबन्धनमा केही समस्या भए आपसमा बसेर टुंगो लगाउने बताए । गठबन्धनमा दायाँबायाँ हुने कल्पना समेत नगरेको उनको दाबी छ । खड्काले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायमै रहने दाबी गर्दै राष्ट्रियसभाको अध्यक्षमा गठबन्धनले सर्वसम्मत उम्मेदवारी दिने जनाए ।
गठबन्धनमा असमझदारी बढेको चर्चा चलिरहेको बेला खड्काले बिहीबारमात्र उनले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दुई पटक भेटेर राजनीतिक वार्तालाप गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या