राजनीति
राष्ट्रियसभाको अध्यक्षमा गठबन्धनले सर्वसम्मत उम्मेदवारी दिन्छ : उपप्रधानमन्त्री खड्का
शुक्रबार, १८ फागुन २०८०, १७ : १५
काठमाडौँ । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रियसभा अध्यक्ष पदमा गठबन्धनबाट एउटा मात्र उम्मेदवार हुने बताएका छन् । नेपाली कांग्रेसका उपसभापति समेत रहेका उनले गठबन्धनमा सल्लाह गरेर एकमात्र उम्मेदवार बनाइने बताए ।
प्रतिनिधिसभाको बैठकपछि शुक्रबार संचारकमीहरुसँग कुरा गर्दै उनले गठबन्धनमा केही समस्या भए आपसमा बसेर टुंगो लगाउने बताए । गठबन्धनमा दायाँबायाँ हुने कल्पना समेत नगरेको उनको दाबी छ । खड्काले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायमै रहने दाबी गर्दै राष्ट्रियसभाको अध्यक्षमा गठबन्धनले सर्वसम्मत उम्मेदवारी दिने जनाए ।
गठबन्धनमा असमझदारी बढेको चर्चा चलिरहेको बेला खड्काले बिहीबारमात्र उनले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दुई पटक भेटेर राजनीतिक वार्तालाप गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण