रियालाई विदेश जान अदालतले दियो अनुमति
मुम्बई । मुम्बईको एक विशेष अदालतले बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई अभिनेता सुशान्त सिंह राजपूतका मृत्युसँग सम्बन्धित ड्रग्स मामलामा परिवारका साथ विदेश जान अनुमति दिएको छ ।
अदालतले उनलाई होलीको कार्यक्रममा सहभागी हुनका लागि श्रीलंका जाने अनुमति दिएको हो ।
एडीपीएस अधिनियमसँग सम्बन्धित मामलाको सुनुवाई गर्दै विशेष अदालतका न्यायाधीश केपी क्षीरसागरले रियाले आफू विदेश जान पाउँ भनि दिएको निवेदनको सुनुवाई गर्दै उक्त आदेश दिएको हो । अदालतले उनका भाई र मामलाका सह–अभियुक्त शौविक चक्रवर्तीद्वारा दायर आवेदनलाई पनि अनमुति दिएको छ ।
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको सन् २०२०, जुन १४ मा निधन भएका थियो । सुशान्तका निधनपछि उनको परिवारले रियामाथि सुशान्तलाई आत्महत्या गर्न उक्साएको आरोप लगाएका थिए । लामो समयको अनुसन्धानपछि अभिनेत्रीलाई लागुऔषध मामलामा सोही वर्षको सेप्टेम्बरमा गिरफ्तार पनि गरिएको थियो ।
गिरफ्तारीको करिब एक महिना पछि बम्बई हाई कोर्टले उनलाई जमानत दिएको थियो । यो मामलामा रियाका अलावा उनका भाई शौविक र अन्य कैयौं व्यक्ति आरोपित थिए । सुशान्तको मुद्धापछि रियालाई विदेश यात्रामा पनि अदालतले रोक लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण