सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

टिकट काट्न लाइनमा बसेका बिरामीको मृत्यु

आइतबार, २७ फागुन २०८०, १५ : ००
आइतबार, २७ फागुन २०८०

हेटौँडा । चितवनमा उपचारका लागि टिकट काट्न लाइनमा बसेका बिरामीको मृत्यु भएको छ । बागमती प्रदेश सरकार मातहतको बकुलहर रत्ननगर अस्पतालमा उपचारका लागि आएमा एक युवकको टिकट काट्न लाइनमा बसेकै बेला मृत्यु भएको हो ।

पूर्वी चितवनको सो अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी)को टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका वडा नम्बर–३ लौरीघोलका जीवनबाबु थापामगरको टिकट काट्न लाइनमा बस्दै गर्दा मृत्यु भएको हो । अस्पताका मेडिकल सुपेरिटेन्डेन्ट डा. मदन ज्ञवालीका अनुसार आइतबार बिहान ३४ वर्षका मगरको सडेन कार्डियाक डेथ भएको हो ।

डा. ज्ञवालीका अनुसार मधुमेह रोगका पीडित उनी आइतबार बिहान उपचारका लागि अस्पताल आएका थिए । अचानक ढलेका उनलाई इमर्जेन्सी विभाग पु-याउँदा मृत्यु भइसकेको थियो । थापाको शव परिवारका सदस्यले जिम्मा लिइसकेको डा. ज्ञवालीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप