शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

२६ वर्षको जागिरमा एक दिन मात्रै बिदा बसेका यी पुरुष

सोमबार, २८ फागुन २०८०, १५ : ४१
सोमबार, २८ फागुन २०८०

काठमाडौँ ।

 सातामा २ दिन बिदा दिने चलन विश्वका अधिकांश मुलुकमा भए पनि हाम्रो नेपालमा सातामा शनिबार एक दिन मात्रै छुट्टी पाइन्छ ।

यतिबेला विश्वमा भने कर्मचारीको उत्पादकत्व बढाउन र कार्यकुशलतामा सुधार ल्याउन सातामा ३ दिन बिदा दिनु पर्ने बहस चर्किरहेको छ । कुनै कुनै देशमा हप्ताको चार दिन काम गरेर तीन दिन बिदा दिने चलन पनि चलाएका छन् ।

तर भारतका एक पुरुषले २६ वर्षको आफ्नो करियरमा जम्मा एक दिन मात्रै छुट्टी लिएका छन् । पत्याउनु भएन ? यो कुरा सत्य हो । तेजपाल सिंह नाम गरेका ती पुरुषको नाम इन्डिया बुक अफ रेकर्ड्समा समेत लेखिएको छ ।

होली होस् या दीपावली, आइतबार होस् वा अन्य कुनै सार्वजनिक छुट्टी । हरेक दिन उनी कार्यालय जान्थे । तेजपाल बिजनौरस्थित एक चिनी मिलमा काम गर्छन् । उनी सन् १९९५ देखि उक्त कम्पनीमा कार्यरत छन् । नियमित साप्ताहिक बिदा बाहेक पनि  उनले वर्षभरिमा ४५ दिनको छुट्टी पाउँछन् ।

तर कम्पनीमा आबद्ध भएदेखि सन् २०२१ को बिचमा उनले एक दिन मात्रै बिदा लिएका छन् । यो बिदा पनि उनले आफ्नो सानो भाइको बिहेका लागि भनेर सन् २००३ को जुन १८ मा लिएका थिए । यसो गरेर उनले आफ्नो नाममा रेकर्ड नै राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप