आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जासुसीको आरोपमा रुसमा दक्षिण कोरियाली नागरिक पक्राउ

मङ्गलबार, २९ फागुन २०८०, १६ : ३५
मङ्गलबार, २९ फागुन २०८०

मस्को । जासुसी गरेको आरोपमा रुसमा एक जना दक्षिण कोरियाली पुरुष पक्राउ परेको त्यहाँको स्थानीय मिडियाले जानकारी दिएका छन् । यता, दक्षिण कोरियाली अधिकारीहरूले पनि आफ्नो नागरिक पक्राउ परेको पुष्टि गर्दै कूटनीतिज्ञहरूले उनलाई सुरक्षित फिर्ता ल्याउने पहल सुरु गरिसकेको बताएको हो ।

बेक वोन सुन नाम गरेका ती व्यक्ति सुदूरपूर्वी सहर भ्लादिभोस्तोकबाट यो वर्षको सुरुवातमा पक्राउ गरिएको राज्यद्वारा सञ्चालित तासले जनाएको छ । उनी हाल मस्केको जेलमा रहेका छन् ।

केही दशकयता रुसमा जासुसीको आरोपमा पक्राउ परेका उनी पहिलो दक्षिण कोरियाली नागरिक हुन् । उनीमाथि किन जासुसीको आरोप लगाइएको हो भन्ने खुलाइएको छैन । दक्षिण कोरियाको विदेश मन्त्रालयले उनीमाथि लगाइएको आरोपबारे अनुसन्धान जारी रहेकाले टिप्पणी गर्न कठिन हुने बताएको छ ।

तास मिडियाले नाम नखुलाइएका एक अधिकारीलाई उद्धृत गर्दै पक्राउ गरिएका बेकले राज्यको गोप्य सूचना कथितरुपमा विदेशी गुप्तचरलाई दिएका थिए । यता बेकलाई चिन्ने एक स्रोतलाई उल्लेख गर्दै उनले रुसमा काम गरिरहेका उत्तर कोरियाली मजदुरलाई समर्थन गर्दै उनीहरूलाई भगाउन सघाएको बीबीसीले बताएको छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप