जासुसीको आरोपमा रुसमा दक्षिण कोरियाली नागरिक पक्राउ
मस्को । जासुसी गरेको आरोपमा रुसमा एक जना दक्षिण कोरियाली पुरुष पक्राउ परेको त्यहाँको स्थानीय मिडियाले जानकारी दिएका छन् । यता, दक्षिण कोरियाली अधिकारीहरूले पनि आफ्नो नागरिक पक्राउ परेको पुष्टि गर्दै कूटनीतिज्ञहरूले उनलाई सुरक्षित फिर्ता ल्याउने पहल सुरु गरिसकेको बताएको हो ।
बेक वोन सुन नाम गरेका ती व्यक्ति सुदूरपूर्वी सहर भ्लादिभोस्तोकबाट यो वर्षको सुरुवातमा पक्राउ गरिएको राज्यद्वारा सञ्चालित तासले जनाएको छ । उनी हाल मस्केको जेलमा रहेका छन् ।
केही दशकयता रुसमा जासुसीको आरोपमा पक्राउ परेका उनी पहिलो दक्षिण कोरियाली नागरिक हुन् । उनीमाथि किन जासुसीको आरोप लगाइएको हो भन्ने खुलाइएको छैन । दक्षिण कोरियाको विदेश मन्त्रालयले उनीमाथि लगाइएको आरोपबारे अनुसन्धान जारी रहेकाले टिप्पणी गर्न कठिन हुने बताएको छ ।
तास मिडियाले नाम नखुलाइएका एक अधिकारीलाई उद्धृत गर्दै पक्राउ गरिएका बेकले राज्यको गोप्य सूचना कथितरुपमा विदेशी गुप्तचरलाई दिएका थिए । यता बेकलाई चिन्ने एक स्रोतलाई उल्लेख गर्दै उनले रुसमा काम गरिरहेका उत्तर कोरियाली मजदुरलाई समर्थन गर्दै उनीहरूलाई भगाउन सघाएको बीबीसीले बताएको छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण