बागमती प्रदेशसभा बैठक बस्दै
बुधबार, ३० फागुन २०८०, ०७ : ४७
मकवानपुर । बागमती प्रदेशसभा बैठक बस्दै छ । आज दिउँसो ३ बजे बैठक बस्नेछ । प्रदेशसभा सचिवालय हेटौँडाका सभाका सचिव कृष्णहरि खड्काका अनुसार बैठकमा शून्य समयको कार्यसूची रहेको छ भने विशेष समितिको प्रतिवेदन माथि सभामा छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।
बैठकको शून्य समयमा सांसदहरूले आ–आफ्नो धारणा राख्ने छन् भने त्यस पछि आर्थिक वर्ष २०८०-०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।
यसअघि हिजो मंगलबार प्रदेशसभा बैठक १० मिनेट बसेर स्थगित गरिएको थियो । बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिका संयोजक नेपाली कांग्रेस संसदीय दलका सचेतक गोविन्द लम्सालले समितिको प्रतिवेदन पेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण