बृहस्पतिको ‘ग्रेट रेड स्पट’ को तस्बिर सार्वजनिक
बुधबार, ३० फागुन २०८०, ०९ : १२
काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बृहस्पति ग्रहमा रहेको ‘ग्रेट रेड स्पट’ को तस्बिर सार्वजनिक गरेको छ । यो ग्रेट रेड स्पटको तस्बिर नासाको अन्तरिक्ष यान जुनोले खिचेको हो ।
ग्रेट रेड स्पट एक आँधी हो जुन पृथ्वीको दोब्बर आकारको छ र ३५० वर्ष भन्दा बढीदेखि अस्तित्वमा रहेको छ। इन्स्टाग्राम अकाउन्टमा यो तस्बिर सेयर गर्दै नासाले लेखेको छ, ‘हाम्रो अन्तरिक्ष यान जुनोले बृहस्पतिको ग्रेट रेड स्पटको यो तस्बिर करिब ८,६४८ माइल (१३,९१७ किलोमिटर) टाढाबाट लिएको छ।’
नासाले यो आँधीको आकार घट्दै गएको र यसको कुल उचाइ एक आठौँ र चौडाइ पनि एक तिहाइले घटेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण