कांग्रेस–एमाले सक्नुहुन्छ भने मिल्नुस्, प्रचण्ड डराउँदैन : प्रधानमन्त्री प्रचण्ड (भिडियो सहित)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस एमाले मिल्दैमा आफ्नो दल नडराउने र स्वभाविक रुपमा प्रतिपक्ष दलमा बस्ने बताएका छन् । बुधबार प्रतिनिधि सभामा प्रधानमन्त्री पदको विश्वासको मत लिने क्रममा विभिन्न दलका नेतालाई जवाफ दिँदै उनले ठुला दल मिले प्रचण्ड नडराउने उल्लेख गरे ।
उनले भने,‘हामी ठुला दल मिलियो भने तेरो हालत के हुन्छ ? हिजोपनि आजपनि भनियो, मेरो त कामना छ तपाईँहरू मिल्नुस् । सबै मिल्नुस् । तपाईँहरू सबै मिल्नुभयो भने नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षीमा बसेर फेरि देश र जनताको पक्षमा लडिरहन्छ । तपाईँहरूलाई लाग्या छ त्यसो भनेर प्रचण्ड डराउँछ ? नेपाली कांग्रेसको नेता साथीहरुलाई यदि त्यस्तो लागेको छ भने हिजो तपाईँहरू सबै मिलेर मेरो टाउकै काट्न खोज्या हो नि त । डराउँछ माओवादी केन्द्र भन्ठान्नुभाछ ? त्यस्तो हुँदैन ।’
उनले को राजनीतिक दल कोसँग मिल्ने भन्नका लागि स्वतन्त्र रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण