रविको बचाउ गर्दै प्रधानमन्त्रीले भने— आफूतिर आए प्रम बनाउने, नआए भ्रष्टाचारी (भिडियो सहित)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो पक्षमा विश्वासको मत माग्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको बचाउ गरेका हुन् ।
प्रतिनिधिसभा बैठकमा आजै नेपाली कांग्रेस, जनमोर्चालगायत दलले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाइएको प्रधानमन्त्रीको जवाफ मागेका थिए । ‘आफूतिर आए प्रधानमन्त्री दिने, नआए भ्रष्टाचारी ?’ प्रधानमन्त्रीको जवाफ थियो ।
‘तीनै (रवि लामिछाने)लाई प्रधानमन्त्री बनाउन हिँडेको देखिरहेका छौँ,’ उनले भने, ‘आफूतिर आए प्रधानमन्त्री बनाउन तयार, नआए भ्रष्टाचारी, कारबाही गर्नुपर्छ, यस्तो डबल स्ट्यान्ड ।’
कांग्रेस सचेतक सुशीला थिङ, महामन्त्री विश्वप्रकाश शर्मा र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगीको आरोप लागेका लामिछानेलाई गृहमन्त्री बनाएकोमा आपत्ति जनाएका थिए । कांग्रेस महामन्त्री शर्माले लामिछानेको मुद्दा आगामी दिनमा पनि उठ्ने बताएका थिए । यस्तै रास्वपाका सभापति स्वर्णिम वाग्लेले लामिछानेमाथि नैतिकताको प्रश्न उठाउने कांग्रेसले प्रधानमन्त्रीको अफर गर्दा पनि सोच्नुपर्ने जवाफ दिएका थिए । यद्यपि कांग्रेसले लामिछानेलाई प्रधानमन्त्रीको अफर नगरेको दाबी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण