बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

५९ वर्ष पुगे आमिर खान

बिहीबार, ०१ चैत २०८०, १२ : २३
बिहीबार, ०१ चैत २०८०

मुम्बई । बलिउडका मिष्टर परफेक्शनिस्ट अभिनेता आमिर खान आज आफ्नो ५९ औँ जन्मदिन सेलिब्रेसन गर्दैछन् । ८ वर्षको उमेरबाट अभिनय सुरु गरेका उनले ३० वर्षको फिल्मी करियरमा ४८ फिल्म दिएका छन् । जसमा धेरै हिट छन् ।

२०१६ मा आएको उनको फिल्म ‘दंगल’ अहिले पनि हिन्दी भाषाको सबैभन्दा धेरै कमाउने फिल्ममा पर्छ । भारतको शीर्ष दश फिल्म सार्वजनिक गर्ने हो भने ३ फिल्म आमिरको पर्छ ।

आमिरले अहिलेको सफलता सजिलै प्राप्त गरेका होइनन् । उनले थुप्रै संघर्ष गरेका छन् । उनका बाबु ताहिर हुसैन फिल्म निर्माता थिए । ब्याक टु ब्याक फिल्म फ्लप भएका कारण उनी नराम्रोसँग डुबेका थिए । त्यसैले आमिरलाई यो क्षेत्रमा उनी ल्याउन चाहँदैन थिए । तर आमिरले बाबुसँग विद्रोह गर्दै फिल्म अभिनयमा होमिए । हिन्दी फिल्मको प्रेमकथामा नयाँ उडान उनले दिएको बताइन्छ ।

आमिरले आफ्नो मिहिनेतले फिल्ममा पहिचान बनाएका हुन् । कहिले फिल्मको प्रमोसनमा लागि सडकमा घुमेर पोस्टर समेत टाँस्ने उनी कहिले एक सिन अभिनयका लागि १२ दिनसम्म नुहाउँदैन थिए ।

१४ मार्च १९६५ मा मुम्बईमा जन्मिएका उनी ४ भाइ बहिनीमा सबैभन्दा जेठा हुन् । उनी स्वतन्त्रताको सेनानी मौलाना आजादको वंशद हुन् ।

आमिर स्कुलको समय एक क्लबमा टेनिस प्राक्टिस गर्थे । सोही क्रममा उनी एक केटीलाई एकतर्फी प्रेम गर्थे । प्रेम प्रस्ताव राख्नु पूर्व नै ती केटीले परिवारका साथ भारत छोडिन् ।

आमिरले १९७३ मा आएको फिल्म ‘यादोकी बारा’ मा छोटो भूमिका निर्वाह गरेका थिए । १९८८ मा फिल्म ‘कयामत से कयामत तक’ बाट उनले फिल्ममा अभिनयताको डेब्यु गरेका थिए । फिल्म त्यो समय सबैभन्दा हिट भयो । यो फिल्म रिलिजपछि उनी रातारात स्टार भए ।

आमिर फिल्म निर्माता पनि हुन् । २००१ को फिल्म ‘लगान’ बाट उनले निर्माणमा हात हालेका थिए । फिल्मले बक्स अफिसमा राम्रो कमायो । त्यसपछि ‘तारे जमिन पर’, ‘दंगल’, सिक्रेट सुपरस्टार’, ‘पीपली लाइभ’, ‘जाने तु या जाने ना’, ‘धोबी घाट’ लगायत उनले निर्माण गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप