सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कार्तिक आर्यनले किने रेञ्ज रोभर

शुक्रबार, ०२ चैत २०८०, १२ : ४३
शुक्रबार, ०२ चैत २०८०

नयाँ दिल्ली । बलिउड अभिनेता कार्तिक आर्यन यतिबेला आफ्नो आगामी फिल्म ‘भूल भुलैया ३’को सुटिङमा व्यस्त छन् । हालै मात्र यी अभिनेताले आफ्ना फ्यानहरूसँग एउटा खुसीको खबर शेयर गरेका थिए । कार्तिकले नयाँ लग्जरी कार किनेका छन् । उनले हालै ६ करोड भारु मूल्य पर्ने रेन्ज रोभर लक्जरी एसयूभी किनेका छन् ।

बिहीबार सामाजिक सञ्जालमा कार्तिकको एउटा भिडियो सार्वजनिक भएको छ । यो भिडियोमा उनी आफ्नो नयाँ कारको पूजा गरिरहेका देखिएका छन् । उनले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एउटा तस्बिर पनि सेयर गरेका छन् । यसमा उनी नयाँ कारको डिक्कीमा पल्टिरहेका छन् । कार्तिकको साथमा उनका घरपालुवा कुकुर कटोरी पनि थियो । 

फोटोमा उनी आरामदायी शर्ट, सेतो ट्राउजर र कोल्हापुरी चप्पल लगाएर क्याजुअल लुकमा देखिएका छन् । आफ्नो रेञ्ज थोरै बढेको उनले क्याप्शनमा लेखेका छन् । उनको पोस्टमा सेलिब्रेटीहरुले धमाधम कमेन्ट गरिरहेका छन् ।

कुन कुन कार छ कार्तिकसँग ?

कार्तिक आर्यनसँग बीएमडब्ल्यू ५ सिरिज ५२० डी, म्याकलेरन जीटी, मिनी कूपर एस, ल्यम्बोर्गिनी उरुस क्याप्सुल र पोर्श ७१७ बक्सस्टरसमेत कयौँ शानदार कार छन् । नयाँ कारका लागि कार्तिकलाई बलिउडका स्टारसहित कयौँ फ्यानहरूले बधाई दिइरहेका छन् ।

कार्तिक यतिबेला ‘भूल भुलैया ३’को सुटिङमा व्यस्त छन् । यो फिल्ममा ओरिजिनल मञ्जुलिका अर्थात् विद्या बालन र तृप्ति डिमरी पनि रहेका छन् । विद्या बालनले केही दिनअघि सुटिङको क्रममा सेटबाट एउटा भिडियो पनि शेयर गरेकी थिइन्, जसमा अभिनेत्री तृप्ति र कार्तिकसँगै देखिएकी थिइन् । अनीस बज्मीले निर्देशनमा बनिरहेको यो फिल्म यही वर्ष दीपावलीमा रिलिज हुँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप