प्रचण्डले निष्ठाको राजनीतिको अवमूल्यन गर्नुभयो : उदयशम्शेर राणा
रामेछाप । नेपाली कांग्रेस केन्द्रीय सदस्य उदयशम्शेर राणाले कांग्रेससँगको सत्ता सहकार्य भत्काएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीका नेता कार्यकर्तालाई पनि धोका दिएको दाबी गरेका छन् । नेपाल तरुण दल रामेछापको जिल्ला सम्मेलनमा उनले प्रचण्डबाट निष्ठाको राजनीतिको अवमूल्यन गरेको आरोप लगाए ।
‘गठबन्धन टुटेकोमा हाम्रो आपत्ति छैन तर उहाँले निष्ठाको राजनीतिको मूल्य गुमाउनुभयो । हिजो चुनावमा गरेको बाचा तोड्नुभयो । पुरानो कुरा विर्षेर अब हामी मिलेर जान्छौँ भनेर चुनावमा एकले अर्कोलाई भोट माग्यौ तर आज प्रचण्डले त्यसमा धोका दिएर तीन तीन पटक गठबन्धन तोड्नुभयो,’ उनले भने ।
गठबन्धन भत्किँदा हिजो कांग्रेसलाई भोट हाल्ने माओवादी कार्यकर्तालाई पनि अन्याय भएको उनको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धन बनाएपछि कांग्रेसमाथि गलत आरोप लगाइरहेको उनको भनाइ थियो । ‘अहिले गठबन्धन भत्किनुको आरोप कांग्रेसमाथि लगाउनुभएको छ, त्यसमा कुनै सत्यता छैन । उहाँको प्रवृत्ति नै धोका दिने हो,’ उनले भने, ‘कांग्रेसका मन्त्रीहरूको कार्यक्षमतामाथि प्रश्न उठाउने प्रधानमन्त्रीले अहिले सरकारमा कस्ता व्यक्तिलाई जिम्मेवारी दिनुभएको छ । त्यसले पनि प्रचण्डको प्रवृत्ति छर्लङ्ग हुन्छ ।’
उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेको नियुक्तिको विषयमा उनले आपत्ति जनाए । ठुला ठुला विवादमा परेको र प्रहरी छानबिनकै क्रममा रहेको व्यक्तिलाई गृहमन्त्रीको जिम्मेवारी दिनु गलत भएको बताए ।
कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ कान्छारामले अहिलेको गठबन्धन सय दिन नटिक्ने दाबी गरे । उनले प्रचण्डले कांग्रेसलाई धोका दिएको भन्दै उनले भने, ‘अब यो सरकारलाई १०० दिन पूरा हुन दिँदैनौँ । काङ्ग्रेस फेरि सत्तामा आउँछ ।’ तरुण दल अध्यक्ष विद्वान गुरुङले दुई-दुई वटा नागरिकता, पासपोर्ट, सहकारी प्रकरणमा मुछिएका व्यक्ति गृहमन्त्री भएको भन्दै आपत्ति जनाए । उनले माओवादी नेताको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानेपाको हरियालीले बढायो सहरी सौन्दर्य (तस्बिरहरू)
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको अतिरिक्त समयको पहिलो हाफ पनि बराबरी
-
घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
-
बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
-
एक हजार ५९२ सवारीसाधन कारबाहीमा, बीस लाख २४ हजार राजस्व सङ्कलन
-
निर्धारित समयमा बराबरीपछि नेदरल्यान्ड्स र मोरक्कोबिचकाे खेल अतिरिक्त समयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण