बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
अपराध

काठमाडौँको तारेभिरमा सुस्मा लामाको हत्या गरेको आरोपमा युवक पक्राउ

शुक्रबार, ०२ चैत २०८०, २२ : ४०
शुक्रबार, ०२ चैत २०८०

काठमाडौँ । काठमाडौँको तारेभिरमा मृत अवस्थामा भेटिएकी सुस्मा लामाको हत्या आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ वर्षका रुपेन्द्र लामा छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आरोपीलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।

१२ कक्षामा अध्ययनरत १८ वर्षीया सुस्मा लामालाई हत्या गरेर गाडेको अवस्थामा फागुन २५ मा प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरबाट शव उत्खनन गरेको थियो । हत्या आरोपी गोकर्णेश्वर नगरपालिका–३ का स्थानीय हुन् ।

जापानी भाषा पढिरहेका रुपेन्द्र अनलाइनमार्फत ट्युसन पनि पढाउँछन् । आरोपी र मृतक छिमेकी हुन् । सुस्माको मोबाइल आरोपीको घरबाट बरामद गरिएको अनुसन्धान संलग्न एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप