‘आरआरआर’को सिक्वेल बन्दै
मुम्बई । सन् २०२२ मो सुपरहिट बलिउड फिल्म ‘आरआरआर’को सिक्वेलको तयारी सुरु भएको छ । एसएस राजामौलीको फिल्म ‘आरआरआर’मा राम चरण, जुनियर एनटीआर प्रमुख भूमिका रहँदा अजय देवगन र आलिया भट्ट विशेष भूमिकामा थिए ।
बलिउडका व्यापार विश्लेषक तथा समीक्षक मनोबाला विजयबालनले ट्वीट गर्दै ‘आरआरआर’को सिक्वेलको तयारी भइरहेको जानकारी दिएका छन् । ‘आरआरआरको सिक्वेल निश्चित भएको छ ।
फिल्मका निर्माता विजयेन्द्र प्रसादले रामचरण र जुनियर एनटीआरको ‘आरआरआर’को सिक्वेल बनाउने तयारी भइरहेको हामीलाई जानकारी दिएका छन् । यो फिल्म हलिउड स्टाण्डर्डको हुनेछ ।
फिल्मको निर्देशन एसएस राजामौली वा उनको निगरानीमा अरू कसैले गर्नेछन् । उनको ड्रिम प्रोजेक्ट ‘महाभारत’, महेश बाबूको जंगल एडभेन्चर फिल्म पुरा हुनासाथ सिक्वेलको काम सुरु हुनेछ’, मनोबालाले ट्वीट गरेका छन् ।
एक्सन प्याक्ड प्यान इण्डियाको फिल्म ‘आरआरआर’लाई विश्वव्यापी सफलता मिलेको थियो । फिल्मको गीत ‘नाटू नाटू’ले ९५ औँ ओस्कार अवार्डमा ‘बेस्ट ओरिजिनल सङ’को अवार्ड जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण