सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

माइग्रेन भयो भनेर गुनासो गरिरहेका पुरुषको मस्तिष्कमा किराको लार्भा

सोमबार, ०५ चैत २०८०, १४ : ४९
सोमबार, ०५ चैत २०८०

वाशिङटन डीसी । अमेरिकामा एक पुरुषले बारम्बार टाउको दुखेको गुनासो गरिरहेका थिए । उनले माइग्रेन भयो भनेर गुनासो गरिरहेका थिए । तर अस्पतालमा जाँचको क्रममा ती पुरुषको मस्तिष्कमा फित्तेकिराको लार्भा भेटिएको छ । 

समाचारका अनुसार ती पुरुषको उमेर ५२ वर्ष रहेको थियो । उनलाई नियमित रूपमा टाउको दुख्न थाल्यो । केही दिनमै अवस्था बिग्रियो औषधिले समेत काम गर्न छाड्यो ।

सीटी स्क्यानको क्रममा उनको मस्तिष्कमा लगभग चार महिनादेखि फित्तेकिराको जीवित लार्भा थियो । यो एक खालको परजीवी कीरा हो । यसले मानिस र जनावरहरूलाई सङ्क्रमित गर्दछ । यो सामान्यतः आन्द्रामा पाइन्छ, तर केहि परिस्थितिमा यसलाई मस्तिष्कसम्म पुग्न गाह्रो छैन ।

घातक पनि हुन सक्छ सङ्क्रमण

यो घटना अमेरिकन जर्नल अफ केस रिपोर्टमा प्रकाशित छ । अमेरिकामा यस अघि पनि सङ्क्रमित सुगुरबाट मान्छेमा सङ्क्रमण सरेका घटनाहरू आइसकेका छन् । यो घटना सामान्य हो । चिकित्सकहरूले बिरामीको मस्तिष्कबाट लार्भालाई झिकिसकेका छन् । तर यस्तो खालको सङ्क्रमणमा कसै कसैको ज्यान पनि जान सक्छ ।

बन्दागोभीमा पाइन्छ यो किरा

यो किरा तरकारी खासगरी बन्दागोभीमा पाइन्छ । मांसाहारी भोजन गर्नेहरूमा राम्रोसँग नपाकेको मासु खाँदा यो किरा मस्तिष्कमा पुग्न सक्छ । मस्तिष्कमा लार्भा भेटिएको पुरुषले सानैदेखि नपाकेको वा काँचो मासु खाइरहेको हुन सक्ने डाक्टरले बताएका छन् । अधकल्चो बेकनमा पनि कयौँ खालका ब्याक्टेरियाहरू हुन्छन् । यी ब्याक्टेरियाहरू आन्द्रामा छिर्छन् र त्यहाँबाट मस्तिष्कसम्म पुग्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप