शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्भाग्यपूर्ण तरिकाले खुट्टा भाँचिएपछि आईपीएलबाट बाहिरिए अस्ट्रेलियन बलर जेसन बेहरेनडोर्फ

मङ्गलबार, ०६ चैत २०८०, १५ : ०१
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । बायाँ हाते तीव्र गतिका अस्ट्रेलियन बलर जेसन बेहरेनडोर्फले इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करण गुमाउने भएका छन् । प्रशिक्षणका क्रममा खुट्टा भाँचिएपछि ३३ वर्षीय जेसन आईपीएलबाट बाहिरिएका हुन् ।

आईपीएलको नयाँ सिजन आगामी शुक्रबार सुरु हुँदैछ । आईपीएलमा उनी मुम्बई इन्डियन्समा आबद्ध भएका थिए । जेसनलाई मुम्बई इन्डियन्सले एक लाख ३५ हजार अमेरिकी डलरमा खरिद गरेको थियो । उनी अस्ट्रेलियाको टी–२० वर्ष खेलाडी पनि घोषित भएका थिए ।

अभ्यासका क्रममा विचित्र तरिकाले उनको खुट्टा भाँचिएको थियो । उनी आईपीएलमा सहभागी हुन भारत प्रस्थान गर्नुअघि वाका क्रिकेट रंगशालामा अभ्यास गर्दै थिए । नेटमा ब्याटिङको अभ्यास गर्ने क्रममा उनको खुट्टा भाँचिएको समाचारमा जनाइएको छ ।

ब्याटिङको अभ्यासका क्रममा एउटा बल उनको बायाँ खुट्टाको गोली गाँठोभन्दा केही माथि ठोक्किएको थियो । ‘आईपीएलमा सहभागी हुन भारत प्रस्थान गर्नुअघि अभ्यासका क्रममा विचित्र तरिकाले खुट्टा भाँचियो । यो घटनामा कसैको दोष छैन । यो निकै दुर्भाग्यपूर्ण घटना हो जसको कल्पनासम्म पनि मैले गरेको थिइन,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

उनले यसअघि पनि मुम्बई इन्डियन्सको तर्फबाट आईपीएल खेलिसकेका छन् । जेसनका अतिरिक्त अर्का अस्ट्रेलियन खेलाडी टिम डेभिड पनि मुम्बई इन्डियनमा आबद्ध छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप