रुखबाट लडेर वडा सदस्यको निधन
मङ्गलबार, ०६ चैत २०८०, २२ : ०२
धादिङ । नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ ।
दाउरा काट्ने क्रममा आज रुखबाट लडेर वडा सदस्य तिमिल्सिनाको मृत्यु भएको वडाध्यक्ष सरोज पाण्डेले जानकारी दिए । रुखबाट लड्नेबित्तिकै उपचारका लागि धादिङ अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष पाण्डेले जानकारी दिए । वडा सदस्य तिमिल्सिना गत निर्वाचनमा खुलातर्फ वडा सदस्यमा निर्वाचित भएका हुन् ।
वडा सदस्यको निधन भएको शोकमा नीलकण्ठ नगरपालिकाले बुधबार नगरपालिकामा बिदा दिने निर्णय गरेको छ । नीलकण्ठ–१० का वडा सदस्य तिमिल्सिनाको निधनमा नगरपालिका तथा मातहतका वडा कार्यालयमा एक दिनका लागि शोक बिदा दिने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायी र सरकारबिच टकराब : निर्माण रोकिएका ठेक्का तोड्न सचिवको निर्देशन
-
राष्ट्र बैंककाे अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव
-
परीक्षार्थीको मोबाइल नष्ट गर्नुको सट्टा किताब हेरेर जाँच दिन लगाऊँ
-
शशांक कोइराला भन्छन्– नेपाली कांग्रेस फुटिसक्यो
-
नक्कली प्रतिनिधि खडा गरिएकाे भन्दै रास्वपा कर्णाली अधिवेशनमा विवाद
-
युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण