मुख्यसचिवको अनियमितता प्रकरणबारे आगामी मन्त्रीपरिषद् बैठकमा कुरा राख्छु : रक्षामन्त्री
बुधबार, ०७ चैत २०८०, १८ : ३२
काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मुख्यसचिव डा. वैकुण्ठ अर्यालको टेरामक्स र सेक्युरिटी प्रिन्टिङ प्रकरणमा नाम जोडिएको विषयमा आफूले मन्त्रीपरिषद्मा कुरा राख्ने बताएका छन् । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘मन्त्रीपरिषद्मा यो विषयमा म कुरा राख्छु । अहिले यो विषयमा छलफल भएको छैन । कुनै मन्त्रीबाट पनि यो विषयमा कुरा निस्किएको छैन । आवश्यक विषय के कस्तो छ म कुरा राख्दछु ।’
मुख्यसचिव अर्यालमाथि राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे सिस्टम) का सामानहरू खरिद र प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अनियमितता गरेको आरोप लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण