प्रवासी नेपाली मञ्च माल्टाको अध्यक्षमा अर्याल
काठमाडौँ । एमाले निकट प्रवासी नेपाली मञ्च माल्टाको दोस्रो राष्ट्रिय अधिवेशनबाट राजु अर्याल (बाबु ) अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । मञ्चको उपाध्यक्षमा कमल पोखरेल, सचिवमा हेमराज भण्डारी, उपसचिवमा शिक्षा घिमिरे र उपसचिवमा अंश बस्नेत रहेका निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यमा जानुका नेपाल, कृष्ण गिरी, लिलाधर पोखरेल, प्रकाश पाण्डे, सन्तोष रतन, धन बहादुर तामाङ, कमल केसी, भरत अर्याल, गोविन्द पौडेल, विष्णु पौडेल, दीर्घसिं गुरुङ, भूपेन्द्र गिरी, कमल भुसाल, सविन पण्डित, शिरोमणि पौडेल, भूपाल न्यौपाने, निरज भुजेल, हेम मण्डल र प्रभा राई चयन भएका छन् ।
अध्यक्षमा निर्वाचित भएपछि अर्यालले अधिवेशन सफल पार्ने र सहयोग गर्ने सबैलाई धन्यवाद दिए । कार्यक्रममा बोल्दै एमाले स्थायी समिति सदस्य एवम् प्रवास इन्चार्ज डा राजन भट्टराईले प्रवासीको हक अधिकारका लागि सरकार जिम्मेवार भएर बन्नुपर्ने बताए। नेपाली प्रवासीका अधिकारका पक्षमा आफूले निरन्तर आवाज उठाउँदै आएको भन्दै प्रवासमा रहेका सबै नेपालीहरू मिलेर सुख दुःखमा साथ दिँदै अगाडि बढ्नुपर्ने भट्टराईले बताए ।
यसैगरी प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव तथा सङ्गठन विभाग प्रमुख हेम शेर्पा, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सल्लाहकार परिषद् उपाध्यक्ष एवम् गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसी उपाध्यक्ष रामशरण सिम्खडा, प्रवासी नेपाली मञ्च युरोप महादेश कमिटीका संयोजक मुक्त गुरूङले प्रवासी नेपालीका लागि सरकारले गम्भीर भएर काम गर्नुपर्ने बताए ।
यसैगरी प्रवासी नेपाली मञ्च माल्टाका संरक्षक एवम् युवा नेता भुवन अर्यालले कुनैपनि राजनीतिक दलका भ्रातृ संगठनले पार्टीका गलत काम र निर्णयका बिरुद्ध बोल्नुपर्ने बताए ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका उपाध्यक्ष एवम् प्रवासी नेपाली मञ्च माल्टाका अध्यक्ष सत्य झाले आफ्नो कार्यकालमा भएका कामको बारेमा जानकारी गराउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनाल लगायत माल्टामा रहेका विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरूको अधिवेशनमा सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण