प्रदेश सभापति बानियाँले मनोनीत गरे ९ विभाग प्रमुख
काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टीका ९ वटा विभाग गठन गरेका छन् । सभापति बानियाँले शुक्रबार प्रदेश कार्यसमितिका सदस्य प्रमुख रहने गरी ९ वटा विभाग गठन गरेको नेपाली कांग्रेस बागमती प्रदेश कार्यालयका मुख्यसचिव राजु नेपालले बताए ।
उनका अनुसार सूचना, सञ्चार तथा प्रचार प्रसार विभागमा प्रदीप कोइराला, शुभेच्छुक संस्था समन्वय विभागमा उज्जवलराज घिमिरे, अभिलेख अनुगमन तथा मूल्याङ्कन विभागमा सुमनराज कार्की, जल ऊर्जा तथा प्राकृतिक श्रोत विभागमा गीता सिम्खडा, शाति सुरक्षा तथा प्रशासन विभागमा रामेश्वरसिंह ओली प्रमुख बनेका छन् ।
यस्तै द्वन्द्व व्यवस्थापन विभागमा राजेश महर्जन, अन्य पार्टी सम्पर्क विभागमा धर्मराज अर्याल, भौतिक पूर्वाधार निर्माण तथा यातायात विभागमा विक्रम लामा र कृषि तथा भूमिसुधार विभाग प्रमुखमा कुमार दुलाल मनोनीत भएका छन् ।
यस्तै सभापति बानियाँले प्रदेशको वैदेशिक रोजगार समन्वय विभागमा २३ जना सदस्य मनोनीत गरेका छन् । सदस्यमा मनोनीत हुनेहरूमा टिका शिवाकोटी, हेमन्त फुयाँल, नरेन्द्र डंगोल, बद्रिराम मानन्धर, टिकाराम खरेल, समीर सुनुवार, सुवास रानाभाट, तुलाराज थापा, ध्रुव अधिकारी, विकाश धिताल, रामलाल नेपाल र नविन लामा रहेका छन् ।
यस्तै पुष्कर पौडेल, संगम थापा, अर्जुन ढकाल, मिनाप्रसाद दुलाल, प्रदिप खडका, सुरेश गोतामे, रामध्वज लामा, उपेन्द्र तामाङ, मिना पाठक, शिवहरि विष्ट र पुष्पाकुमारी पौडेललाई सदस्यमा मनोनीत गरिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण