गुजरातसँग स्तब्ध बन्यो मुम्बई
अहमदाबाद । इन्डियन प्रिमियर लिगको पाँचौँ खेलमा मुम्बई इन्डियन्स गुजरात टाइटन्ससँग स्तब्ध बनेको छ । आइतबार राति भएको खेलमा मुम्बई गुजरातसँग ६ रनले पराजित भएको हो ।
गुजरातले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६२ रन मात्र बनाउन सक्यो । डेवाल्ड ब्रेभिसले ३८ बलमा ४६ रन तथा पूर्वकप्तान रोहित शर्माले २९ बलमा ४३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।
गुजरातका लागि अजमतुल्लाह ओमरजाई, उमेश यादव, स्पेन्सर जोन्सन र मोहित शर्माले २–२ विकेट लिए । साई किशोरले एक विकेट हात पारे । मुम्बईका लागि तिलक वर्माले २५ र नमन धिरले २० रनको योगदान दिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो । गुजरातका लागि प्लेयर अफ द म्याच घोषित साई सुदर्शनले ३९ बलमा ४५ रन बनाए । उनले यस क्रममा ३ चौका र १ छक्का हिर्काए ।
कप्तान शुभमन गिलले ३१ तथा राहुल तेवाटियाले २२ रन बनाए । मुम्बईका लागि जसप्रित बुमराहले ३ तथा जेराल्ड कोट्जीले २ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
-
सर्लाहीका निलम्बित मेयर भरत थापालाई साधारण तारेखमा राख्न आदेश
-
गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
-
बारम्बार टन्सिल हुनुलाई सामान्य नठानौँ
-
पाठ्यक्रम सुधार गर्न ५० हजार सुझाव सङ्कलन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण