कृषिमा आत्मनिर्भर हुनेगरी बजेट तय हुन्छ: कृषिमन्त्री साह
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे सुझाव दिन सांसदहरुलाई आग्रह गरेकी छन् ।
सोमवार सिंहदरबारमा सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री साहले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने, युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सृजना हुने खालको रणनीतिक योजना सरकारले तय गर्न लागेकाले त्यस सम्बन्धमा सांसदहरूले दिएको सुझाव महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरिन् । उनले भू-बनावट अनुसारको योजना तय गरी आयात हुने कृषि उपजहरुलाई प्रतिस्थापन गरी निर्यात व्यापारलाई बढवा दिने काममा सांसदहरूले दिएको सुझाव फलदायी हुने पनि बताइन् ।
मन्त्री साहले सिँचाइका असुविधाहरू भएको ठाउँमा देखिएको समस्या हल गर्ने कुरामा पनि सांसदहरूले दिएको सुझाव सरकारका लागि धेरै उपयोग हुने स्पष्ट पारिन् ।
सो अवसरमा सांसदहरूले सिँचाइका लागि किसानलाई विद्युत महसुलमा सहुलियत दिन सुझाव दिएका थिए । सांसद प्रतीक्षा तिवारीले सिचाइको लागि किसानलाई विद्युत महसुलमा सहुलियत दिनु पर्ने बताइन् । बर्खाको समयको विद्युतमा ५० प्रतिशत र सुख्खा समयमा २५ प्रतिशत छुट दिनुपर्नेमा उनले जोड दिइन् ।
यसैगरी सांसद सरिता भुसालले तराई क्षेत्रको अधिकांश क्षेत्रमा अकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको बताइन् । उनले पानीको लागि पम्पसेटको प्रयोग गर्दा डिजेलको प्रयोग आर्थिक भार पर्ने सुनाइन् । सिँचाइका लागि पानी निकाल्न प्रयोग हुने मेसिन विद्युतमैत्री हुनु पर्ने उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण