आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

आईपीएलमा भोजपुरी कमेन्ट्रीका क्रममा अश्लील भाषाको प्रयोगपछि विवाद

सोमबार, १२ चैत २०८०, १६ : ४२
सोमबार, १२ चैत २०८०

कोलकाता । आइतबार कोलकाताको इडेन गार्डेनमा भएको आईपीएल खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबिचको खेलमा भोजपुरी भाषामा कमेन्ट्री गर्दा अश्लील भाषा प्रयोग गरेको भन्दै विवाद उत्पन्न भएको छ । 

धेरै दर्शकले यसको भिडियो सोसल मिडिया साइट एक्समा सेयर गरेका छन् र उचित कारबाहीको माग गरेका छन्। यो भिडियो निकै भाइरल भइरहेको छ ।

यो टिप्पणी सनराइजर्स हैदरावादको इनिङ्सको १९ औँ ओभरमा गरिएको हो । त्यतिबेला मिचेल स्टार्क बलिङ गरिरहेका थिए र हैदरावादका ब्याट्सम्यान हेनरिक क्लासेनले लामो सट प्रहार गरिरहेका थिए । उक्त ओभरमा उनले तीन छक्का प्रहार गरे ।

मिड विकेटमा उनले छक्का प्रहार गर्दा भोजपुरी कमेन्टेटरले अश्लील भाषा प्रयोग गरेको आरोप लागेको छ। सोही भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

धेरै दर्शकहरूले बीसीसीआई सचिव जय शाहसँगै भोजपुरी फिल्म अभिनेता तथा नेता मनोज तिवारी र रवि किशनलाई भिडियो ट्याग गरेका छन्। यो विषयलाई गम्भीरताका साथ सोच्न पनि आग्रह गरिएको छ ।

भोजपुरी कमेन्टेटरमा कमेन्ट्री गर्ने क्षमता नभएको उनीहरू बताइरहेका छन् । तर, बोर्डले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप