आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

आईपीएलको सबै खेल भारतमा, फाइनल चेन्नईमा खेलाइने

सोमबार, १२ चैत २०८०, १६ : ४६
सोमबार, १२ चैत २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करणको सबै खेल भारतमै खेलिने भएको छ । लोकसभा चुनावका कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यसअघि केही खेलको तालिका मात्र सार्वजनिक गरेको थियो । 

अहिले बीसीसीआईले आईपीएलको सम्पूर्ण तालिकाका सार्वजनिक गरेको छ । आईपीएलको फाइनल खेल आगामी मे २६ तारिखमा चेन्नईमा खेलिने समाचारमा जनाइएको छ । क्वालिफायर खेल अहमादाबाद र चेन्नईमा खेलिने छ । 

पहिलो क्वालिफायर र इलिमिनेटर खेल क्रमशः मे २१ र २२ तारिखमा अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिने छ । दोस्रो क्वालिफायर र फाइनल खेल क्रमः मे २४ र २६ तारिखमा चेन्नईको चेपाकमा खेलिने समाचारमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप