आईपीएलको सबै खेल भारतमा, फाइनल चेन्नईमा खेलाइने
सोमबार, १२ चैत २०८०, १६ : ४६
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करणको सबै खेल भारतमै खेलिने भएको छ । लोकसभा चुनावका कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यसअघि केही खेलको तालिका मात्र सार्वजनिक गरेको थियो ।
अहिले बीसीसीआईले आईपीएलको सम्पूर्ण तालिकाका सार्वजनिक गरेको छ । आईपीएलको फाइनल खेल आगामी मे २६ तारिखमा चेन्नईमा खेलिने समाचारमा जनाइएको छ । क्वालिफायर खेल अहमादाबाद र चेन्नईमा खेलिने छ ।
पहिलो क्वालिफायर र इलिमिनेटर खेल क्रमशः मे २१ र २२ तारिखमा अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिने छ । दोस्रो क्वालिफायर र फाइनल खेल क्रमः मे २४ र २६ तारिखमा चेन्नईको चेपाकमा खेलिने समाचारमा जनाइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण