कोहली चम्किँदा बैंगलुरु विजयी
बैंगलुरु । विराट कोहलीको शानदार इनिङ्सको मद्दतले रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिगको नयाँ सिजनमा पहिलो जीत हासिल गरेको छ । सोमबार राति भएको खेलमा बैंगलुरु ४ विकेटले विजयी बनेको हो ।
कोहलीको ७७ रनको मद्दतले टोलीले पञ्जाब किंग्सले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य ४ बल बाँकी छँदा पछ्यायो । ४९ बलको इनिङ्समा कोहलीले ११ चौका र २ छक्का हिर्काए । दिनेश कार्तिकले नटआउट रहँदै २८ रन तथा महिपाल लोमरोरले नटआउट रहेर १७ रन बनाउन टोलीलाई लक्ष्यसम्म पुर्याए ।
बैंगलुरुका लागि रजत पटिदारले १८ तथा अनुज रावतले ११ रनको योगदान दिए । यता पञ्जाबका लागि कागिसो राबाडा र हरप्रित ब्रारले २–२ विकेट हात पारे भने साम करन र हर्षल पटेलले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । पञ्जाबका लागि कप्तान शिखर धवनले ३७ बलमा ४५ रन बनाए । उनले ५ चौका र १ छक्का हिर्काए ।

त्यस्तै, जितेश शर्माले २७ रन, प्रभसिमरन सिंहले २५ तथा साम करनले २३ रनको योगदान दिए । शशांक सिंहले नटआउट रहँदै २१ रन बनाए । बैंगलुरुका लागि मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले २–२ विकेट लिए ।
२ खेलपछि पञ्जाब र बैंगलुरुले १–१ जीत हासिल गरेका छन् । अंक तालिकामा पञ्जाब पाँचौँ र बैंग्लुरु छैटौँ स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
-
सर्लाहीका निलम्बित मेयर भरत थापालाई साधारण तारेखमा राख्न आदेश
-
गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
-
बारम्बार टन्सिल हुनुलाई सामान्य नठानौँ
-
पाठ्यक्रम सुधार गर्न ५० हजार सुझाव सङ्कलन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण