बाल्टिमोरमा जहाजको ठक्करबाट पुल भत्कियो : अझै ६ जना बेपत्ता
बाल्टिमोर । अमेरिकी राज्य मेरिल्याण्डको बाल्टिमोर सहरमा सिंगापुरको एउटा जहाज ‘फ्रान्सिस स्कट की ब्रिज’सँग ठोक्किएको छ । स्थानीय समय अनुसार मंगलबार बिहान १ः३० बजे भएको घटनामा पुलको ठुलो भाग भत्किएको हो ।
दुर्घटनापछि स्थानीय प्रशासनले राहत तथा उद्धार कार्य गरिरहेको छ । छ जना अझै बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन् । उनीहरू पुलमा खाल्डाखुल्डी मर्मत गरिरहेको निर्माण टोलीका सदस्य रहेको बताइएको छ । दुई जनाको उद्धार गरिएको छ, जसमध्ये एक अस्पतालमा भर्ना छन्।
मेरिल्याण्डका गभर्नर वेस मूरका अनुसार जहाज पुलको नजिक आइपुग्दा एक चेतावनी जारी गरिएको थियो, जसले थप गाडीहरू पुलतर्फ जान रोकिएको थियो। यसबाट धेरैको ज्यान बचाउन सकिएको उनको भनाई छ ।
बाल्टिमोर फायर डिपार्टमेन्टका प्रवक्ताले दुर्घटना भएको ठाउँको तापक्रम माइनस एक डिग्री रहेको बताएका छन् । यसै क्रममा दुर्घटनामा संलग्न ‘डाली’ नामक जहाज सञ्चालन गर्ने कम्पनी सिनर्जी मरिन ग्रुपले सो दुर्घटनामा जहाजका चालक दलका सबै सदस्य सकुशल रहेको जनाएको छ । घटनाको वास्तविक कारण अहिलेसम्म थाहा हुन सकेको छैन ।
बाल्टिमोर पुललाई मानिसहरू 'की ब्रिज' भनेर चिन्छन्। यो सन् १९७७ मा सर्वसाधारणका लागि खुला गरिएको थियो। यो १९ औँ शताब्दीका अमेरिकी कवि फ्रान्सिस स्कट कीको नाममा राखिएको थियो। स्कटले अमेरिकी राष्ट्रिय गान 'स्टार स्प्याङ्गल्ड ब्यानर' लेखेका थिए।
यो पुल २६३२ मिटर लामो थियो जसले नदीको अर्को छेउलाई बाल्टिमोरको बन्दरगाहसँग जोडेको थियो। यस ठाउँमा यो नदी समुद्रसँग मिल्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण