अध्ययन गरेर मात्र कदम चाल्न गृह मन्त्रालयलाई सांसद तामाङको सुझाव
काठमाडौँ । सांसद बुद्धिमान तामाङले कुनै पनि विषयको अध्ययन गरेर मात्र कदम चाल्न गृह मन्त्रालयलाई सुझाव दिएका छन् । बुधबार बसेको राज्य व्यवस्था समिति बैठकमा उनले सो सुझाव दिएका हुन् ।
सांसद तामाङले भने, ‘विनोद चौधरीको पासपोर्ट सिज गर्ने कुरा थियो रे । पहिला समात्यो अनि छोड्यो मान्छेलाई बेइज्जत गर्ने तरिकाले समात्न भएन । कृष्णबहादुर महरालाई विदेश भाग्न लागेको भनेर छोडियो तर समातेर ल्याएपछि अस्पताल राखेर तारिखमा छोड्ने काम भयो । कुनै कुरामा पूरा अध्ययन गरेर मात्र गृह प्रशासनले समात्न आवश्यक छ बेइज्जत गर्ने तरिकाले समात्न भएन ।’
तामाङले बाँसबारी जग्गा प्रकरणमा जग्गा फिर्ता भएको हो कि ल्याएको हो भनेर प्रश्न समेत गरे । उनले भने, ‘गृह मन्त्रालयले सञ्चार माध्यमलाई नियन्त्रण गर्न खोजेको, सीडीओलाई परिपत्र गरेको भन्ने कुरा आयो । बालुवाटारमा पहिले एक जनाले जग्गा फिर्ता गर्यो तर उसलाई कारबाही भएन । बाँसबारी जग्गा प्रकरणमा जग्गा फिर्ता भएको हो कि ल्याएको हो ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण