महामन्त्री थापाको रोकिएको ‘संवाद यात्रा’ भोलिबाट पुनः सुरु हुने
बुधबार, १४ चैत २०८०, १४ : ५५
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भोलिबाट पुनः ‘संवाद यात्रा’ थाल्ने भएका छन् । महामन्त्री थापाले भोलि बिहान ९ बजेबाट तीन दिने संवाद यात्रा सुरु हुने बताए ।
महामन्त्री थापाले माघ १३ गते मेची पुलबाट सुरु गरेको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमा पुगेर रोकिएको थियो ।
महामन्त्री थापाले आफ्नो संवाद यात्राको शृङ्खला नवलपरासीको गोपीगञ्जबाट पुनः सुरु हुन लागेको बताए । उनका अनुसार दोस्रो चरणको यात्रा १५ ,१६ र १७ गते नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुनेछ ।
सुदूरपश्चिम प्रदेशमा वैशाख १५ मा हुने उपनिर्वाचनको छेको पारेर संवाद यात्रा गर्ने महामन्त्री थापाको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेटटिभीले पायो ओटीटी प्रसारण सेवाको आधिकारिक लाइसेन्स
-
विष्णु पाैडेलकाे बन्दीप्रत्यक्षीकरण रिट : विचाराधीन र फैसला भइसकेका मुद्दाका सक्कल मिसिल झिकाउने आदेश
-
४ कर्मचारीसँग स्पष्टीकरण माग
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण