आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

फ्लोरिडामा १४ वर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने

बुधबार, १४ चैत २०८०, १६ : १६
बुधबार, १४ चैत २०८०

वाशिङ्टन डीसी । अमेरिकाको फ्लोरिडा राज्यले नाबालिगहरूको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने कानुन बनाएको छ । त्यहाँका गभर्नर रोन डिस्यान्टिसले उक्त विधेयकमा हस्ताक्षर गरेका छन् । यो कानुन सन् २०२५ को जनवरीदेखि कार्यान्वयनमा आउनेछ ।

यो कानुन लागू भएपछि राज्यका १४ वर्षभन्दा कम उमेरका बालबालिकाहरूले सामाजिक सञ्जालमा जोडिन पाउने छैनन् । सामाजिक सञ्जाल एकाउन्ट बनाउन पाउने छैनन् । अनलाइनमा बालबालिकाको सुरक्षालाई बलियो बनाउन यो पहल गरिएको हो । यो कानुनको उल्लङ्घन गर्नेहरू कारबाही गरिनेछ । साथै उनीहरूले प्रभावित नाबालिगलाई १० हजार डलरसम्म क्षतिपूर्ति तिर्नु पर्नेछ ।

यो नियमको उल्लङ्घन गर्ने कम्पनीहरूले प्रभावित हरेकको लागि ५० हजार डलर जरिवाना तिर्नु पर्नेछ । सो कम्पनीले वकिलको शुल्क र अदालतको खर्च सबै पनि बेहोर्नु पर्नेछ । १४ वर्ष पुगेपछि भने बालबालिकाहरूले अभिभावकको स्वीकृति लिएर मात्रै सामाजिक सञ्जालमा खाता खोल्न पाउनेछन् । पछिल्लो समय अमेरिकाभर बालबालिकाहरूको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने क्रम बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप