फ्लोरिडामा १४ वर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने
वाशिङ्टन डीसी । अमेरिकाको फ्लोरिडा राज्यले नाबालिगहरूको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने कानुन बनाएको छ । त्यहाँका गभर्नर रोन डिस्यान्टिसले उक्त विधेयकमा हस्ताक्षर गरेका छन् । यो कानुन सन् २०२५ को जनवरीदेखि कार्यान्वयनमा आउनेछ ।
यो कानुन लागू भएपछि राज्यका १४ वर्षभन्दा कम उमेरका बालबालिकाहरूले सामाजिक सञ्जालमा जोडिन पाउने छैनन् । सामाजिक सञ्जाल एकाउन्ट बनाउन पाउने छैनन् । अनलाइनमा बालबालिकाको सुरक्षालाई बलियो बनाउन यो पहल गरिएको हो । यो कानुनको उल्लङ्घन गर्नेहरू कारबाही गरिनेछ । साथै उनीहरूले प्रभावित नाबालिगलाई १० हजार डलरसम्म क्षतिपूर्ति तिर्नु पर्नेछ ।
यो नियमको उल्लङ्घन गर्ने कम्पनीहरूले प्रभावित हरेकको लागि ५० हजार डलर जरिवाना तिर्नु पर्नेछ । सो कम्पनीले वकिलको शुल्क र अदालतको खर्च सबै पनि बेहोर्नु पर्नेछ । १४ वर्ष पुगेपछि भने बालबालिकाहरूले अभिभावकको स्वीकृति लिएर मात्रै सामाजिक सञ्जालमा खाता खोल्न पाउनेछन् । पछिल्लो समय अमेरिकाभर बालबालिकाहरूको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने क्रम बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण