सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

इलाम–२ मा उम्मेदवार बन्न रास्वपामा मिलन लिम्बुसहित ६ जनाको उम्मेदवारी

बुधबार, १४ चैत २०८०, १९ : ०१
बुधबार, १४ चैत २०८०

काठमाडौँ । इलाम– २ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा उम्मेदवार बन्न ६ जनाको उम्मेदवारी परेको छ । पार्टीले आन्तरिक रूपमा गर्ने प्राइमरी इलेक्सनका लागि ६ जनाको उम्मेदवारी परेको हो ।

प्राइमरी इलेक्सनका लागि ५ पुरुष र एक महिलाले उम्मेदवारी दिएको रास्वपाको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले बताए । जसमा गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा. शेषरमण न्यौपाने रहेका छन् ।

प्रारम्भिक उम्मेदवारी उपरको दाबी विरोध गर्ने समय चैत १४ देखि १५ गते दिउँसो १ बजेसम्मलाई निर्धारण गरिएको रास्वपाले जनाएको छ ।

r

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप