बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
माइतीघरमा राष्ट्रिय मुक्ति क्रान्तिको प्रतिरोध, तस्बिरमा हेर्नुस्

माइतीघरमा राष्ट्रिय मुक्ति क्रान्तिको प्रतिरोध, तस्बिरमा हेर्नुस्

सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले माइतीघरमा प्रतिरोध प्रदर्शन गरेको छ ।

ऐतिहासिक कालदेखि नै औपनिवेशिक राज्यबाट स्वदेशी राष्ट्रहरूमाथि सांस्कृतिक अतिक्रमणविरुद्ध माफी मगाउन भन्दै सांस्कृतिक प्रतिरोध गरेको सो समूहको भनाइ छ । प्रतिरोधमा विभिन्न समुदायको सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।

राष्ट्रिय मुक्ति क्रान्तिले काठमाडौँमा चैत २४ गते गरेको प्रदर्शनमा राज्यले दमन गरेको भन्दै सरकारको उक्त कार्यलाई  लज्जास्पद र धर्ममाथि नै हातपात गरेकाले माफी माग्नुपर्ने बताएको छ । ‘हामीले सांस्कृतिक प्रतिरोध गरेका हौ’, राष्ट्रिय मुक्ति क्रान्ति अभियान अन्तर्गत नेवा परिषद्का संयोजक सुमन सायमीको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले धर्म,संस्कृति र भेषभुषामाथिको आक्रमण सैह्य नहुने भन्दै सभ्यता र संस्कृति बोकेका जनताले शान्तिपूर्ण आन्दोलन गर्दा धर्म गुरुलाई लाठी बजार्नु गम्भीर अपराध भएकाले सरकारले माफी माग्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया