शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पुष्पा २ अघि ३ को तयारी, नाम पनि भयो फाइनल

बिहीबार, १५ चैत २०८०, १६ : ५०
बिहीबार, १५ चैत २०८०

नयाँ दिल्ली । सन् २०२१ मा रिलिज भएको ‘पुष्पा द राइज’ को सफलताअघि नै निर्देशक सुकुमारले फिल्मको सिक्वेल पनि बनाउने संकेत गरेका थिए । फिल्म ब्लकबस्टर भयो र दोस्रो भागको घोषणा भयो ।

फिल्मको दोस्रो भागको छायाङ्कन सुरु भइसकेको छ । दोस्रो फिल्मको नाम ‘पुष्पा द रुल’ राखिएको छ । यसमा फहद फासिल र अल्लु अर्जुनले खेलेको पात्रहरूबिच कडा टक्कर देख्न पाइनेछ ।

पहिलो भागको अन्त्यमा दुई बिच ठुलो द्वन्द्वको संकेत दिइएको थियो । अब पुष्पा फ्रेन्चाइजको तेस्रो हिस्साको नाम पनि खुलासा भएको छ ।

हालै अल्लु अर्जुनले एउटा कार्यक्रममा पुष्पा फ्रेन्चाइजको तेस्रो भाग आउने खुलासा गरेका थिए । अहिले आएर चलचित्रको तेस्रो सिक्वेलको नाम ‘पुष्पा ३ः द रोर’ हुने बताइएको छ ।

पुष्पाको पहिलो फिल्मको नाम ‘पुष्पा द राइज’ थियो भने दोस्रो किस्ताको नाम ‘पुष्पा द रुल’ रहेको छ ।

‘पुष्पा ३’ को कथामा छलफल

बलिउड हंगामाको रिपोर्टका अनुसार अल्लु अर्जुन र निर्देशक सुकुमार ‘पुष्पा ३’ माथि चर्चा गरिरहेका छन् । रामचरणसँग अर्को प्रोजेक्टको सुटिङ पूरा गरेपछि सुकुमारले पुष्पा ३ को सुटिङ सुरु गर्न सक्ने बताइएको छ ।

खबरका अनुसार ‘पुष्पा २’ को सफलताको स्तर हेरेपछि मात्रै ‘पुष्पा द रोर’ को कथामाथि काम सुरु हुनेछ ।

यो महिनाको सुरुमा अल्लु अर्जुनले ‘पुष्पा’ फ्रेन्चाइजीको तेस्रो भाग आउन सक्ने बताएका थिए । एउटा कार्यक्रममा उनले फिल्मको तेस्रो भाग आउँछ भन्ने आशा गर्न सकिने बताएका थिए ।

यसलाई फ्रेन्चाइजी बनाउन चाहेको र यसका लागि आइडिया पनि भएको उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप