पुष्पा २ अघि ३ को तयारी, नाम पनि भयो फाइनल
नयाँ दिल्ली । सन् २०२१ मा रिलिज भएको ‘पुष्पा द राइज’ को सफलताअघि नै निर्देशक सुकुमारले फिल्मको सिक्वेल पनि बनाउने संकेत गरेका थिए । फिल्म ब्लकबस्टर भयो र दोस्रो भागको घोषणा भयो ।
फिल्मको दोस्रो भागको छायाङ्कन सुरु भइसकेको छ । दोस्रो फिल्मको नाम ‘पुष्पा द रुल’ राखिएको छ । यसमा फहद फासिल र अल्लु अर्जुनले खेलेको पात्रहरूबिच कडा टक्कर देख्न पाइनेछ ।
पहिलो भागको अन्त्यमा दुई बिच ठुलो द्वन्द्वको संकेत दिइएको थियो । अब पुष्पा फ्रेन्चाइजको तेस्रो हिस्साको नाम पनि खुलासा भएको छ ।
हालै अल्लु अर्जुनले एउटा कार्यक्रममा पुष्पा फ्रेन्चाइजको तेस्रो भाग आउने खुलासा गरेका थिए । अहिले आएर चलचित्रको तेस्रो सिक्वेलको नाम ‘पुष्पा ३ः द रोर’ हुने बताइएको छ ।
पुष्पाको पहिलो फिल्मको नाम ‘पुष्पा द राइज’ थियो भने दोस्रो किस्ताको नाम ‘पुष्पा द रुल’ रहेको छ ।
‘पुष्पा ३’ को कथामा छलफल
बलिउड हंगामाको रिपोर्टका अनुसार अल्लु अर्जुन र निर्देशक सुकुमार ‘पुष्पा ३’ माथि चर्चा गरिरहेका छन् । रामचरणसँग अर्को प्रोजेक्टको सुटिङ पूरा गरेपछि सुकुमारले पुष्पा ३ को सुटिङ सुरु गर्न सक्ने बताइएको छ ।
खबरका अनुसार ‘पुष्पा २’ को सफलताको स्तर हेरेपछि मात्रै ‘पुष्पा द रोर’ को कथामाथि काम सुरु हुनेछ ।
यो महिनाको सुरुमा अल्लु अर्जुनले ‘पुष्पा’ फ्रेन्चाइजीको तेस्रो भाग आउन सक्ने बताएका थिए । एउटा कार्यक्रममा उनले फिल्मको तेस्रो भाग आउँछ भन्ने आशा गर्न सकिने बताएका थिए ।
यसलाई फ्रेन्चाइजी बनाउन चाहेको र यसका लागि आइडिया पनि भएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण