प्रदेश सरकार
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले सोमबार विश्वासको मत लिने
शुक्रबार, १६ चैत २०८०, २१ : ४८
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते सोमबार विश्वासको मत लिने भएका छन् । शुक्रबार प्रदेश सभा सचिवालय हेटौँडामा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव दर्ता गराएका हुन् ।
सत्ता समीकरणमा हाम्रो नेपाली पार्टीलाई सहभागी गराएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेका हुन् । मुख्यमन्त्री जम्कट्टेलले सोमबार दिउँसो १ बजेका लागि समय माग गर्दै प्रस्ताव पेस गरेका हुन् ।
उनको प्रस्तावलाई प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले समय निर्धारण गरी अघि बढाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु
-
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन
-
रूपान्तरणको हाइवे कि विरोधाभासको सुरुङ ?
-
तिङ्करको १ नम्बर सीमा स्तम्भमै अभिनेता खड्काको पुस्तक विमोचन
-
ट्रकमा फल्स बटम बनाई लुकाइछिपाई राखेको गाँजासहित दुई जना नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण