प्रदेश सरकार
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले सोमबार विश्वासको मत लिने
शुक्रबार, १६ चैत २०८०, २१ : ४८

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते सोमबार विश्वासको मत लिने भएका छन् । शुक्रबार प्रदेश सभा सचिवालय हेटौँडामा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव दर्ता गराएका हुन् ।
सत्ता समीकरणमा हाम्रो नेपाली पार्टीलाई सहभागी गराएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेका हुन् । मुख्यमन्त्री जम्कट्टेलले सोमबार दिउँसो १ बजेका लागि समय माग गर्दै प्रस्ताव पेस गरेका हुन् ।
उनको प्रस्तावलाई प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले समय निर्धारण गरी अघि बढाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने
-
बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख