राष्ट्रियसभामा तहगत अन्तरसम्बन्ध र समन्वय अध्ययन प्रतिवेदन पेस
शुक्रबार, १६ चैत २०८०, १५ : १२
काठमाडौँ । राष्ट्रियसभामा ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन २०८० पेस भएको छ । शुक्रबारको बैठकमा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् ।
उक्त प्रस्तावमाथि शुक्रबारबाट छलफल सुरु भएको छ । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरूले प्रतिवेदनका सुझावअनुसार सङ्घीयता कार्यान्वयनमा तीनै सरकारले ध्यान दिनुपर्ने धारणा राखेका छन् । उनीहरुले उक्त प्रतिवेदन कार्यान्वयनमा ल्याए मात्रै संविधानको पालना र सङ्घीयता व्यवहारमा कार्यान्वयन हुने धारणा राखेका छन् ।
‘संविधानले तीन तहका सरकारको क्षेत्राधिकार व्यवस्था गरेको छ तर सो अनुसार कानुन बनेको छैन’, छलफलमा भाग लिँदै सांसद रेणु चन्दले सरकारको ध्यानाकर्षण गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण