शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एफटीएक्स घोटालामा बैंकम्यान–फ्राइडलाई २५ वर्षको जेल सजाय

शुक्रबार, १६ चैत २०८०, १५ : १०
शुक्रबार, १६ चैत २०८०

वाशिङटन डीसी । अमेरिकामा एक न्यायाधीशले अहिले टाट पल्टिसकेको एफटीएक्स क्रिप्टोकरेन्सी एक्सचेञ्जका ग्राहकहरूको ८ अर्ब डलर चोरेको आरोपमा स्याम बैंकम्यान–फ्रायडलाई २५ वर्षको जेल सजाय सुनाएका छन् । बैंकम्यान–फ्रायड एफटीएक्सका संस्थापक हुन् । 

अमेरिकी जिल्ला न्यायाधीश लिविस कप्लनले म्यानह्याटनको अदालतमा मुद्दाको फैसला सुनाउने क्रममा सो निर्णय गरेका हुन् ।

मुद्दाको सुरुमा उनले झुटो बोलेको पाइएपछि एफटीएक्सका ग्राहकहरूले पैसा गुमाएका छैनन् भन्ने बैंकम्यान–फ्रायडको दाबी उनले अस्वीकार गरेका थिए । सन् २०२२ मा एफटीएक्स धराशायी भयो । एक्सचेञ्ज धराशायी हुनुमा सात वटा धोकाधडी र षडयन्त्रको अभियोगमा नोभेम्बर २ को सुनवाइमा न्यायाधीशले बैंकम्यान–फ्रायड दोषी भेटेका थिए । यसलाई अभियोजनकर्ताहरूले अमेरिकी इतिहासकै सबैभन्दा ठुलो वित्तीय ठगी भनेका छन् ।

आफ्नो व्यवहारका लागि उनमा कुनै पश्चताप नदेखिएको पनि कप्लनले बताए । आफ्नो क्रियाकलाप अपराधपूर्ण हो भन्ने थाहा पाएर पनि उनमा पश्चताप नदेखिएको, अपराध स्वीकार नगरेको बरु आफू समातिएकोमा दुःखी रहेको कप्लनले बताए । छानबिनको क्रममा एफटीक्सका ग्राहकहरूले ८ अर्ब डलर गुमाएको कप्लनले फेला पारे । यो अपराधमा सङ्घीय अभियोजनकर्ताहरूले ४० देखि ५० वर्षको जेल सजाय दिलाउन खोजेका थिए । बैंकम्यान–फ्रायडका वकिललले भने ५ वर्षभन्दा कमको सजाय दिलाउन खोजेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप