सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
आईपीएल

पञ्जाबलाई घरेलु मैदानमा हराउन लखनउलाई चुनौती

हेड टू हेडमा लखनउ अगाडि
शनिबार, १७ चैत २०८०, ०७ : ०२
शनिबार, १७ चैत २०८०

लखनउ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइन्ट्स र पञ्जाब किंग्सबिच खेल हुँदैछ । लिग चरणको ११ औँ खेल लखनउको घरेलु मैदान अटल बिहाजी वाजपेयी स्टेडियममा हुनेछ । 

लखनउ आफ्नो पहिलो जितको पर्खाइमा छ जबकि पञ्जाबले दुई खेलमध्ये एक जितेको छ र एकमा हार बेहोरेको छ। गत वर्ष आईपीएलमा दुवै टोली अन्तिम पटक भिड्दा लखनउले २० ओभरमा २ सय ५७ रन बनाएको थियो । तर, लखनउमा भएको खेलमा भने पञ्जाबले जित हात पारेको थियो ।

लखनउको ब्याटिङ बलियो, राहुलको स्ट्राइक रेट चुनौतीपूर्ण छ
लखनउ सुपर जाइन्ट्स प्रतियोगिताको पहिलो खेलमा राजस्थान रोयल्ससँग २० रनले पराजित भएको थियो । टोली विजयी स्थितिमा पुगेको थियो तर कप्तान केएल राहुलले मात्र १३२ रनको स्ट्राइक रेटमा ब्याटिङ गर्दा र निकोलस पूरनले फिनिसिङ गर्न नसक्दा टोली हारेको थियो । आज घरेलु मैदानमा टोलीको अधिकांश रन बनाउने जिम्मेवारी यी दुई ब्याट्सम्यानकै हुनेछ । 

lukhnow 2

लखनऊमा क्विन्टन डी कक, दीपक हुड्डा, देवदत्त पडिक्कल, मार्कस स्टोइनिस र आयुष बडोनी जस्ता आक्रामक खेलाडीहरू छन्। बलरमध्ये नवीन उल हकले लखनउका लागि पहिलो खेलमा २ विकेट लिएका थिए । क्रुणाल पाण्ड्या एकमात्र बलर थिए जसको इकोनोमी ५ भन्दा कम थियो । यस्तो अवस्थामा टिमलाई बलरबाट राम्रो प्रदर्शन आवश्यक रहेको छ ।

पञ्जाबमा आक्रामणक ब्याट्सम्यानको कमी छैन, बलिङ पनि बलियो
घरेलु मैदानमा भएको पहिलो खेलमा पञ्जाबले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको थियो । तर टोली दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग ४ विकेटले पराजित भएको थियो । अब टोली जितको लयमा फर्कन लखनउ पुग्दैछ, जहाँ टोलीको राम्रो रेकर्ड छ।

punjab

पञ्जाबको ब्याटिङ लाइनअप पनि बलियो छ। जोनी बेयरस्टोले कप्तान शिखर धवनसँग ओपनिङ गर्छन् । उनीपछि टिममा साम करन, जितेश शर्मा, लियाम लिभिङ्स्टन र प्रभसिमरन सिंहको रूपमा आक्रामक ब्याट्सम्यान छन् । करन टोलीका सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् ।

punjab 2

बलरमध्ये बायाँ हाते स्पिनर हरप्रित ब्रारले ३ विकेट लिएका छन् । आरसीबीविरुद्धको अन्तिम खेलमा उनले बैंगलोरको ब्याटिङ मैत्री पिचमा १३ रन दिएर २ विकेट लिएका थिए। उनलाई समर्थन गर्न अर्शदीप सिंह, कागिसो रबाडा, हर्षल पटेल, राहुल चाहर र करन जस्ता अनुभवी बलरहरू उपस्थित छन्।

हेड टू हेडमा लखनउ अगाडि
आईपीएलमा हालसम्म लखनउ सुपरजायन्ट्स र पञ्जाब किंग्सबिच ३ खेल भइसकेका छन् । लखनउ २ मा र पञ्जाब एकमा विजयी बनेको छ । लखनउको घरेलु मैदानमा भएको पछिल्लो खेल पञ्जाबले जितेको थियो ।

lukhnow

पिच रिपोर्ट
गत वर्ष लखनउको पिचमा पूरै ७ खेलमा स्पिनरहरूको वर्चस्व थियो। जसमा कम स्कोर भएका खेलहरू देखिए र ब्याट्सम्यानहरूलाई रन बनाउन निकै गाह्रो भयो। यसपटक पनि समान पिच उपलब्ध भएमा दुवै टोलीले थप स्पिनर खेलाउनेमा ध्यान दिनेछन् । साथै, टस जित्ने टोलीले पहिले ब्याटिङ गर्न रुचाउनेछ।

मौसमको अवस्था
लखनउमा शनिबार पानी पर्ने सम्भावना छैन । दिनभर घाम लाग्नेछ। राति पनि तापक्रम २६ देखि ३३ डिग्री सेल्सियसको बिचमा रहनेछ।

दुबै टोलीको सम्भावित ११
लखनऊ सुपरजायन्ट्स : केएल राहुल (कप्तान र विकेटकीपर), क्विन्टन डी कक, देवदत्त पडिक्कल, आयुष बडोनी, दीपक हुडा, निकोलस पूरन, क्रुणाल पाण्ड्या, मार्कस स्टोइनिस, रवि बिश्नोई, मोहसिन खान र नवीन उल हक।

इम्प्याक्टःअमित मिश्र, यश ठाकुर।

पञ्जाब किंग्स : शिखर धवन (कप्तान), जोनी बेयरस्टो, प्रभसिमरन सिंह, साम कुरान, लियाम लिभिङ्स्टन, जितेश शर्मा (विकेटकिपर), शशांक सिंह, हरप्रीत ब्रार, राहुल चाहर, हर्षल पटेल र कागिसो रबाडा।

इम्प्याक्ट : अर्शदीप सिंह।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप